देउवाबाट नेतृत्व खोस्ने पौडेलको ‘पुनर्जागरण फर्मूला’ कता हरायो ?

राष्टिय समाचार

काठमाडौं । महाधिवेशनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसका शीर्षस्थ नेताहरु धमाधम सभापति शेरबहादुर देउवालाई तारो हान्न अघि सरेका छन् । सभापति देउवाबाट पार्टीको नेतृत्व लिने उदेश्यले अरु नेताहरु रणनीति बनाउन कम्मर कसेर लागिपरेको देखिन्छ । आउँदो भदौमा हुने १४ औं महाधिवेशनलाई लक्षित गरी ती नेताहरु आफूलाई सक्रिय देखाउने कसरतमा जुटेका छन् ।

यसमा देउवा विरोधी मोर्चाका नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला अग्रपंक्तिमा छन् । पछिल्लो समयमा तीनजना नेताहरु शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि त पालैपालो खानपिन बैठकमा जुट्न थालेका छन् । पछिल्लो भोजन चाक्सीबारीको सिंह निवासको भान्सामा पाकेको थियो ।

केही महिनाअघि विधानविपरित पार्टी सञ्चालन गरेको भन्दै झोक्किएका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवाको नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै सात बूँदे ‘पुनर्जागरण फर्मूला’ नै सार्वजनिक गरेका थिए । महाधिवेशनमा सभापति पदका आकांक्षी मानिएका पौडेलले मत खिच्न यो रणनीति अपनाएको टिप्पणी गरिएको थियो ।

उनले महाधिवेशन घोषणा भइसकेको बेला सभापति देउवाले विभाग, समितिहरूमा एकलौटी ढंगले मनोनयन र आफूखुसी पद बाँडेको आरोप लगाउँदै यसले पार्टीको हित नगर्ने व्याख्या पनि गरेका थिए ।

नेपाली कांग्रेसले गएको फागुनमा १४ औं महाधिवेशन आयोजना गर्ने निर्णय गरेको थियो । तर कोरोना संक्रमणको महामारी मत्थर नभएकाले महाधिवेशनको मिति सारिएको थियो ।
त्यसबेला सभापति देउवाले केहि विभागलाई पूर्णता दिँदै करिब पाँच सय कार्यकर्तालाई विभिन्न जिम्मेवारी दिँदै मनोनित गरेका थिए । ४७ विभागमध्ये देउवाले करिब ३० विभागमा एकलौटी मनानयन गरेको आरोप लागेको छ ।

त्यसपछि सभापति देउवाको कार्यशैलीबाट क्रुध्द पौडेलले नेपाली कांग्रेसको पुनर्जागरणका लागि भन्दै आफ्ना सात बुँदे दृष्टिकोण सार्वजनिक गरेका थिए । पौडेलले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका सात बुँदे दृष्टिकोण यस्ता थिए–

 

१. ‘निमुखालाई न्याय र विपन्नलाई आय’ साकार पार्न कर्मशील कांग्रेसको निर्माण । सैद्धान्तिक विचलन नभएको स्वच्छ छवि । देशभक्ति र फराकिलो राष्ट्रवादी विचार । संसद, सडक र बस्ती–बस्तीमा भरोसाको केन्द्र कांग्रेस । न्याय, पारदर्शी मुल्याङ्कन र निष्पक्षता पार्टी एकताको आधार ।

लोकतान्त्रिक समाजवाद

. उत्पादनमुखी अर्थनीति, गाउँमुखी विकास, जनमुखी शासन । युवा–केन्द्रित रोजगारी सिर्जना । श्रमको सम्मान गर्ने संस्कृति । एकीकृत सामाजिक सुरक्षा । सार्वजनिक दायित्व वहन गर्ने गतिशील निजी क्षेत्र । जिम्मेवारीबाट नपन्छिने, जतासुकै हस्तक्षेप नगर्ने कल्याणकारी राज्य । मानवीय न्याय, स्वतन्त्रता , मानवीय खुशी र शुखी समाजवादका अन्तिम लक्ष्य ।

समुन्नतिका आधार

३. प्रविधि प्रयोगी दक्ष नागरिक । स्वच्छ उर्जा । उच्च उत्पादकत्व सहितको रोजगारम’खी कृषि । बहुआयामिक वातावरण–मैत्री पर्यटन । प्रतिस्पर्धी बजारसंग गाँसिएको उद्योग–व्यवसाय । दुरी र लागत घटाउने पुर्वाधार ।

बसोबास 

४.स्वच्छ पानी, हावा र खुला मैदानसहितका सुरक्षित बस्तीहरुको संजाल । स्थानीय रोजगारी र आम्दानी, सबैलाई गुणस्तरीय शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा, सुरक्षा र सम्मान । नेपाली गाउँको मौलिक चरित्र झल्काउने आधुनिक नगरीकरण ।

व्यवस्थाको प्रश्न

५. सत्तरी वर्षको संघर्षबाट प्राप्त बहुलवादमा आधारित संसदीय समावेशी प्रणालीको जगेर्ना । मौलिक हक र विधिको शासनको प्रत्याभुति । भ्रष्टाचार विरुद्ध कठोर संघीय स’शासन । बारम्बार नयाँ प्रयोगको निरुत्साहन, निरन्तर क्रमिक सुधारको मार्ग प्रशस्त गर्ने पद्धति ।

सामाजिक–धार्मिक सद्भाव

६. समाजका हरेक समुहबीच सहकार्य । सनातनदेखि चलिआएको धर्म, परम्परा र संस्कृतिको संरक्षण । सामाजिक पुँजीको जगमा सामुदायिक विकास ।

परराष्ट्र सम्बन्ध

७.  नेपालको अखण्डता र स्वाभिमानको रक्षा । बलियो अर्थ–कुटनीतिक अभ्यास । भाईचारामा आधारित असंलग्न नीति । बिभिन्न ध्रुवमा विभक्त विश्व व्यवस्थामा नेपाल र नेपालीको मौलिक पहिचानको प्रद्र्धधन ।

कांग्रेसलाई नयाँ उर्जा दिन अघि सारिएका पौडेलको फर्मूलाले युवा जनमतलाई भने कतै आकर्षण गर्न सक्ने देखिँदैन । विगत निर्वाचनमा पहिलोपटक मतदान गरेका युवा र आगामी निर्वाचनमा पहिलो पटक मतदान गर्न योग्य हुने युवा मतदाता पौडेलको प्राथमिकतामा परेका छैनन् । पारम्परिक सोच र धारणामा अल्मलिएका बिचारलाई पौडेलले पार्टी पुनर्जागरणको सूत्र दावी गरेका छन् ।

महाधिवेशनको तयारी भैरहेको छ भने सभापति पदका उम्मेदवारहरु समीकरणको गृहकार्यमा व्यस्त देखिन्छन् । यसबेला नेता पौडेल आफ्नो ‘पुनर्जागरण फर्मूला’ का बारेमा चर्चा समेत गरिरहेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 29 = 30