ओली-माधवलाई भेँडा भन्दै कांग्रेस माओवादीलाई गोकुल बाँस्कोटाले दिए दनक

राष्टिय समाचार

काठमाडौं। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा एमालेको आन्तरिक विवादमा पस्दा नेपाी कांग्रेस र नेकपा माओवादी केन्द्र आफै संकटमा पर्ने बताएका छन् ।

उनले एमालेको झगडामा प्रवेश गर्दा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र आफै खुइलिने भन्दै टिप्पणी गरेका छन् ।

पार्टीहरूलाई भेडाको संज्ञा दिँदै पूर्व सञ्चारमन्त्रीसमेत रहेका बाँस्कोटाले दुइटा भेडा जुधिरहेका बेला तेस्रो भेडा पसेको भन्दै कांग्रेस र माओवादी केन्द्रलाई कटाक्ष गरेका हुन्।

उनले भनेका छन्, ‘दुई भेडा जुधीरहेको बेलामा तेस्रो भडो जुध्न मिसियो भने पहिला तेस्रो भेडाकै सिंग फुक्लन्छ।एमाले झगडामा धुरा पसेर काग्रेस-माओवादी मोर्चाले आम राजनीतिक जित निकाल्न सक्दैनन।’

याे पनि  समाचार

गृहमन्त्री पाैडेलले दिए विपदबाट जाेगाउने निर्देशन !

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले विपद्बाट हुन सक्ने सबै खालका क्षति न्यूनीकरणका लागि उच्च तयारीका साथ पूर्वतयारी गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

उनले उद्धार, राहत र पुनःस्थापना कार्यलाई उच्च प्राथमिकता दिएर काम गर्न पनि निर्देशन दिए ।

गृह मन्त्रालयमा आज भएको विपद् व्यवस्थापन सम्बन्धी बैठकमा गृहमन्त्री पौडेलले देशका विभिन्न ठाउँमा अतिवृष्टिबाट सिर्जित जोखिमलाई विशेष ध्यान दिएर आवश्यक तयारीमा जुट्न पनि आग्रह गरे ।

उनले विपद्का कारण जोखिममा परेकालाई तत्काल उद्धार र राहत प्रदान गर्न सरकारले सम्भव भएका सबै प्रयास गर्ने प्रतिबद्धता जनाउँदै प्रभावकारी र नतिजामुखी भएर काम गर्न पनि सम्बद्ध निकायलाई निर्देश दिएका छन् ।

गृहमन्त्री पौडेलले राहत र उद्धारका लागि स्रोतको अभाव हुन नदिनेसमेत स्पष्ट पारे । “घटना भएपछि के गर्ने भन्दा पनि पहिले नै कसरी घटनालाई न्यूनीकरण गर्न सकिन्छ भन्नेमा केन्द्रित हुनुहोस्”, गृहमन्त्री पौडेलले भने ।

राहत र उद्धारका लागि अन्तरमन्त्रालय र विभिन्न निकायबीच समन्वय हुनुपर्नेमा जोड दिँदै उनले कोही छुट्ने र कोही दोहोरिने स्थिति सिर्जना नहुने वातावारण निर्माण गर्न पनि आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 2 = 3