गुडिरहेको एम्बुलेन्समाथि पहिरो खस्यो

राष्टिय समाचार

पाेखरा । कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खसेको छ ।

पहिरोले खसेर बिरामीको मृत्यु भएको छ । मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको हो ।

मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङका अनुसार दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएका छन् ।

खहरे होलामा एक्कासी लेदोसहितको बाढी आएर एम्बुलेन्समाथि परेछ,’ उनले भने, ‘चालकले भागेर ज्यान जोगाए । आमाको घटनास्थलमै मृत्यु भयो ।’

घाइते अधिकारीलाई थप उपचारका लागि पोखरा ल्याइएको छ । पहिरोले एम्बुलेन्सलाई करिब सय मिटर तल बगाएको उनको भनाई छ ।

याे पनि समाचार

देशभर मनसुन सक्रिय रहेको छ। अहिले पनि बागमती र गण्डकी प्रदेशका धेरै तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले अघि साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस क्रममा प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा तथा थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 3 =