राष्ट्रपतिलाई हु आर यू भन्ने शम्भु थापालाई सुशील पन्तले दिए कडा जवाफ

राष्टिय समाचार समाज

काठमाडौँ । वरिष्ठ अधिवक्ता सुशील पन्तले राष्ट्रपतिलाई मुद्दा नलाग्ने जिकिर गर्दै विद्यादेवी भण्डारीलाई ‘तिमी को हौ ?’ भन्न नमिल्ने जिकिर गरेका छन् । निवेदक तर्फका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता शम्भु थापालाई जवाफ दिँदै पन्तले भने–‘कार्यालयलाई विपक्षी बनाएर मुद्दा ल्याउने, अनि राष्ट्रपतिलाई हु आर यू भन्ने ?’

जेठ ९ मा निवेदकको तर्फबाट बहस गदै वरिष्ठ अधिवक्ता शम्भु थापाले बहुमत सदस्यको हस्ताक्षर सहित शेर बहादुर देउवाले प्रधानमन्त्रीमा गरेको दावीमा अस्विकार गरेकोमा इजलासबाट राष्ट्रपतिलाई प्रश्न गरेका थिए–‘हु आर यु ?’

पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बहस गरेका हुन् । धारा ७६ (५) ले भनेको आधार भनेको कसैले ‘आकाश थामिदिन्छु मैले भनेपछि पत्याउनुपर्छ’ भनेमा त्यस्तो आधार पत्याउन नमिल्ने पन्तले जिकिर गरेका छन् ।

‘धारा ७६ (५) निर्दलीय हुन्छ भनेर मात्रै हुने कुरा होर, त्यहाँ लेख्नुपर्दैन’ पन्तले प्रश्न गरे –‘धारा ७६(५) मा निर्दलीय हुन्छ भनेर लेखेको छ र ?’

बहुदलीय शासन प्रणालीमा दलले पत्र लेखेर पठाएपछि सांसदहरुलाई ‘तिमीहरु स्वतन्त्र हौँ, ह्वीप लाग्दैन’ भन्न नमिल्ने पन्तले जिकिर गरेका छन् ।

उनले निवेदनमा १४६ सांसद नभएर ५ जना मात्रै सांसद रहेको जिकिर गरे। अन्य सांसदले कानुनले नचिन्ने गरी कागजात तयार गरेको बताए।

यस्तै तीनथरि मुद्दा आए पनि शेरबहादुर देउवाको मात्रै मुद्दालाई प्राथमिकता दिएको भन्दै उनले सर्वोच्चप्रति असन्तुष्टि जनाए।

‘राष्ट्रपतिको कार्य सदर गरिपाऊँ, देउवालाई प्रधानमन्त्री नियुक्त गरिपाऊँ र केपी ओलीलाई नियुक्त गरिपाऊँ भन्ने निवेदन परेको भए पनि अदालतले शेरबहादुरको मुद्दामा मात्रै सुनुवाइ गरेको भन्दै उनको असन्तुष्टि थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

95 − 91 =