चितवनमा बा’ढीको बि’तण्डा : ग्यास उद्योगमा बा’ढी पसेर सिलिन्डरको खोलाे बग्य (फाेटाेफिचर)

राष्टिय समाचार

चितवन । अविरल वर्षासँगै आएको बा’ढीका कारण चितवनस्थित ग्यास उद्योगमा ठूलो क्ष’ति पुगेको छ । खयर खोलामा आएको बा’ढीका कारण चितवनको खैरहनी नगरपालिका–१ मा रहेका ग्यास उद्योगहरुमा क्षति पुगेको हो ।

बिहान ६ बजे पसेको बा’ढीले सो क्षेत्रमा रहेका बाबा ग्यास उद्योग, साईबाबा ग्यास उद्योग, नेपाल ग्यास उद्योग लगायतमा क्ष’ति पुगेको जनाइएको छ । ती’व्र गतिको बा’ढी पस्दा उद्योगमा रहेका खाली तथा भरिएका सिलिन्डरहरु बा’ढीले बगाएर लगेको छ ।

नेपालकै दोस्रो ठूलो बाबा ग्यासमा पसेको बा’ढीले हजारौं सिलिन्डर बगाएर लगेको उद्योगका निर्देशक विमल कालाखेतीले जानकारी दिए । उनका अनुसार बगेका ग्यास सिलिन्डर ३२ किलोमिटर टाढा मेघौलीसम्म पुगेको भेटिएको छ ।

दैनिक ५ हजार सिलिन्डर ग्यास उत्पादन गर्ने उद्योगले सो प्लान्टमार्फत् प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ग्यास वितरण आ’पूर्ति गर्दै आएको थियो ।

त्यसको एकीन विवरण आउन बाँकी रहेको प्र’हरीले जनाएको छ । तर प्रारम्भिक आकलन अनुसार बा’ढीले ग्यास उद्योगहरुमा करोडौं रुपैयाँको क्ष’ति पुर्याएको छ ।

क्षति भने हुन पाएन । प्र’हरीको सहयोगमा उद्योगमा रहेका ३० जना मजदूरको सकुसल उद्दार गरिएको निर्देशक कालाखेतीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

51 − = 42