अफवाह फैलाएर समाचार लेख्ने छ अनलाइन का’रबाहीमा

राष्टिय समाचार समाज

काठमाडाैं । प्रेस काउन्सिल नेपालले अफवाह फैलाएर समाचार लेख्ने छ अनलाइन ब’न्द गराउने भएको छ । रुपा सुनार र सरस्वती प्रधानको कोठा भाडा लिनेसम्बन्धी वि’वादका विषयमा अफ’वाह फैलाएर समाचार लेख्ने खबरमाला डटकम, कालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम र साझा मिडिया डटकम अनलाइन बन्द गराउन नेपाल दुरसञ्चार प्राधिकरणलाई प्रेस काउन्सिलले आज पत्र पठाएको हो ।

यी अनलाइनले सुनारलाई युरोपियन युनियन (इयु) बाट रु डेढ करोड खाएको जस्ता ला’ञ्छना लगाएका थिए ।

यही असार १ गते कोठा भाडामा लिन जाँदा काठमाडौँको बबरमहलस्थित घरधनी प्रधानले सुनारलाई जात थाहा पाएपछि कोठा दिन अस्विकार गरेको दा’वीसहित रुपाले जाहेरी दिनुभएको थियो । तीन दिन हिरासतमा रहेकी प्रधान हाल रि’हा भइसक्नुभएको छ ।

रुपाले आफूलाई जातीय द्व-न्द्व फैलाउन युरोपियन युनियनबाट उचा’लिएका जस्ता भ्राम’क समाचार लेखेर जातीय भे’द’भाव र छुवा’छूतलाई दु’रुत्सा’हन गर्ने कार्य गरेको भन्दै ती अनलाइनवि’रु-द्ध काउन्सिलमा उ-जुरी दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

88 − = 82