सिन्धुपाल्चोकको हेलम्बुबाट बेपत्ता हुने ७ जनाको पहिचान खुल्यो

राष्टिय समाचार

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट इन्द्रावती नदीले बगाएर बेपत्ता बनाएका ७ जनाको पहिचान खुलेको छ । हराइरहेका ७ जनाको पहिचान खुलेको सिन्धुपाल्चोकका सहायक प्रजिअ बाबुराम खनालले  बताए ।

बेपत्ता हुनेमा हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योती, हेलम्बु–३ घर भएका १३ वर्षीया टिकामाया खड्का, हेलम्बु–७ का ज्ञानेन्द्र कक्षपति, हेलम्बु–६ का च्याङ्बा तामाङका श्रीमान दम्पती र साँगाचोकगढी घर भएका सुरेन्द्र नेपाल छन् ।

‘७ जना मानिस बेपत्ता छन्, एकजनाको शव फेला परेको छ तर पहिचान भएको छैन्’ सहायक प्रजिअ खनालले भने– ‘सो क्षेत्रमा संचार सम्पर्क पनि अवरुद्ध भएको छ ।’ हेलम्बु गाउँपालिकाको इन्द्रावती नदीको किनारमा फेला परेको शव पहिचान हुन सकेको छैन ।

याे पनि समाचार 

लमजुङमा बाढीले १५ घर बगायो, ३० घर जोखिममा

लमजुङ । भीषण वर्षाका कारण आएको बाढीले लमजुङको दोर्दी गाउँपालिकाका १५ घर बगाएको छ । सोमबार साँझदेखि निरन्तर परेको बर्षाका कारण दोर्दीखोलामा आएको बाढीले दोर्दी गाउँपालिका ८ हिलेबजारका १५ घर बाढीले बगाएको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाका अनुसार मङ्गलबार बिहानबाट पसेको बाढीले पक्की घर र जस्ताले बनाइएका घर गरी १५ घर बाढीले बगाएको हो । दोर्दीखोला बढेर आएको बाढीले हिलेबजारका ३० घर जोखिममा परेको बताउनुभएको छ । घर बगाएका स्थानीय र घर जोखिममा परेका स्थानीयलाई फलेनी माध्यमिक विद्यालयको भवनमा राखिएको बताउनुभयो । प्रहरीका अनुसार दोर्दी गाउँपालिका ६ किर्तिपुरका कृष्ण घलेको कुखुराको खोरसमेत बाढीले बगाएको छ । बोइलर र लेयर्स गरी करिव पाँच सय कुखुरासहित खोर बगाएको दोर्दी गाउँपालिका उपाध्यक्ष दिलबहादुर घलेले बताउनुभयो । उहाँका अनुसार हिलेबजारका एक सय बढी घर छन् । अधिकांश घर जोखिममा परेको उहाँले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले भने हिलेबजारका १४ घर बाढीले बगाएको बताउनुभयो । अन्य घर जोखिममा रहेको र उनीहरुलाई सुरक्षित ठाउँमा राखिएको बताउनुभयो । स्थानीय एवं वडा सदस्य चन्द्रबहादुर गुरुङका अनुसार बजार तल रहेको खोला बढ्दै आएपछि बजारका क्षति पु-याएको हो । उहाँका अनुसार हिलेबजारमा करिव एक सय २० घर छन् । दिउँसोको समयमा बाढी आएकाले घरका केही सामान सार्न भ्याएको स्थानीयले बताएका छन् । बाढीका कारण बिजुलीका पोल, खेलमैदानमा समेत क्षति पु-याएको स्थानीयले बताएका छन् । मानवीय क्षति भने भएको छैन । प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले हिलेबजारका वस्ती जोखिममा रहेको जानकारी आएको बताउनुभयो । नागरिकलाई सतर्क र सुरक्षित रहन अनुरोध गरिएको बताउनुभयो ।

बाढीले अन्य ठाउँमा पनि क्षति पु-याएको छ । ग्रामीण सडकहरु क्षतिविक्षत भएको छ । बेंसीशहर–चामे सडक अन्तर्गतको बेंसीशहर नगरपालिका ६ खरखरे भीर,मर्स्याङ्दी गाउँपालिकाको च्याम्चेलगायतको क्षेत्रमा पहिरो गएर सडक अवरुद्ध भएको छ । अन्य ग्रामीण सडक पनि अवरुद्ध छ । ,मर्स्याङ्दी गाउँपालिका ४ जगतमा रहेको बङ्गुर फार्म बगाएको छ । ,मर्स्याङ्दी गाउँपालिकाको भुलुभलेमा रहेको सव डिभिजन वन कार्यालयको भवन र एउटा रेष्टुरेष्ट पनि बगाएको छ । मस्र्याङ्दी गाउँपालिका वडा नं। ४ मा प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको खेल मैदानको आधा भाग बाढीले बगाएको छ ।

बाढीले दोर्दीखोलामा निर्माणाधीन जलविद्युत आयोजनामा पनि क्षति पु¥याएको छ । दोर्दीमा निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत आयोजनाको इन्टेक डुबानमा परेको छ । हिमालयन पावर पार्टनर लिमिटेडले निर्माण गरिरहेको २७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजनाको पावर हाउस उच्च जोखिममा परेको प्रहरीले जनाएको छ । ,मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्दा पाउदीमा रहेको शिवालय मन्दिर पनि बगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 9 = 1