गण्डकीका मुख्यमन्त्री पोखरेलसहित ५ जना मन्त्रीद्वारा सपथ ग्रहण

राष्टिय समाचार

काठमाडौं । गण्डकी प्रदेशको नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सपथ लिएका छन् ।

प्रदेश प्रमुख गीताकुमारी पौडेलले मुख्यमन्त्री पोखरेलसँगै अन्य ४ जना मन्त्रीलाई पनि शनिबार साँझ सपथ ग्रहण गराएकी हुन् ।

मन्त्रीमा काँग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङले सपथ लिएका हुन् ।

मुख्यमन्त्री पोखरेलले यही असार १ गतेभित्र बजेट ल्याउनु पर्ने बाध्यकारी कानुनी व्यवस्थाका कारण तत्काललाई सानो मन्त्रिमण्डल बनाएको बुझिएको छ । उनी आफूलाई समर्थन गर्ने दलबाट एक–एक जनालाई मन्त्री बनाएर बजेट ल्याउने गरी अगाडी बढेका हुन् ।

मुख्यमन्त्री पोखरेलले यही असार १ भित्र बजेट ल्याउनुपर्ने बाध्यत्मक अवस्था छ ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *