ओलीमाथि आएको धम्कीबारे नेता भीम रावलले दिए कडा प्रतिक्रिया

राष्टिय समाचार

काठमाडाैं । पूर्व गृहमन्त्री भीम रावलले प्रदेश सभा सदस्य जस्तो कानूनको मर्यादाको रक्षा गर्नुपर्ने व्यक्तिले प्र.मं. केपीमाथि दिएको धम्की आपत्तिजनक भएको बताएका छन् ।

नेता भीम रावलले यस्तो कुराको सबैले विरोध गर्नुपर्छ र त्यस्तो अभिव्यक्ति दिनेले सार्वजनिकरूपमा क्षमा माग्नु पर्छ।राजनीति सिद्धान्त, विचार,नीति, विधि, पद्धति र आदर्शबाट चल्नुपर्ने दावी गरेका छन् ।

“प्रदेश सभा सदस्य जस्तो कानूनको मर्यादाको रक्षा गर्नुपर्ने व्यक्तिले प्र.मं. केपीको हत्या गर्ने कुरा गर्नु आपत्तिजनक छ।यस्तो कुराको सबैले विरोध गर्नुपर्छ र त्यस्तो अभिव्यक्ति दिनेले सार्वजनिकरूपमा क्षमा माग्नु पर्छ।राजनीति सिद्धान्त, विचार,नीति, विधि, पद्धति र आदर्शबाट चल्नुपर्छ।”, नेता भीम रावलले भनेका छन्।

त्यस्नै सामाजिक सञ्जालमै लेखेका छन्,

“भारतले दार्चुला जिल्लामा नेपालको भूभाग अतिक्रमण गरी सडक बनाउने काम जारी राखेको छ। यही क्रममा गरिएको बिष्फोटबाट व्यास गा.पा. मा घोडेटो बाटो क्षतिग्रस्त भएको समाचार छ। प्र.मं केपी र सरकार किन चुप ? कि देश र जनताको रक्षा गर्ने प्रमुख दायित्वबाट प्र.मं. र सरकार च्युत भइसकेका हुन्?”, नेता भीम रावलले भनेका छन्।

 याे पनि पढ्नुस् 

नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न एमाले संसदीय दलको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न दलका सदस्यलाई निर्देशन दिनुभएको छ ।

संसदीय दलको आज सम्पन्न बैठकलाई सम्बोधन गर्दै उहाँले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम स्तरीय, वस्तुपरक तथा परिणाम दिने खालको भएकाले दलका तर्फबाट सर्वसम्मत पास हुनुपर्ने भन्दै पक्षमा मतदान गर्न निर्देशन दिनुभएको एमाले संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार एमाले नेता तथा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले दलको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलको निर्देशनअनुसार नीति तथा कार्यक्रमलाई पास गर्ने गरी पक्षमा मतदान गर्न दलका सदस्यलाई अनुरोध गर्नुभयो ।

बैठकमा मुख्यमन्त्री पौडेलले समसामयिक राजनीतिक अवस्थाका बारेमा भनाइ राख्नुभएको थियो । पौडेलले शुक्रबार प्रदेशसभामा उठेका प्रश्नका बारेमा दलका सदस्यलाई प्रष्ट पार्नुभएको मुख्य सचेतक निरौलाले जानकारी दिनुभयो ।

याे पनि समाचार 

वैद्यले प्रदेशसभामा भने : आवेशमा आएर बोलें, आत्मालोचित छु

काठमाडौं । वाग्मती प्रदेश सभामा काँग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध शुक्रबार दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् । शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर उनले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचना सहित सो अभिव्यक्ति फिर्ता लिएका हुन् ।

शुक्रबारको बैठकमा उनले प्रधानमन्त्रीको मनोमानी रोक्न नाथुराम गोड्सेको आवश्यकता रहेको र आवश्यकता परे आफू गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिको चौतर्फी विरोध भएको थियो भने उनकै पार्टी काँग्रेसले समेत अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएको थियो ।

शनिबारको बैठकमा वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुनै रिसइवी नभएको भन्दै आफू हत्याहिंशामा विश्वास नगर्ने र गान्धीवादी नेता भए पनि आवेशमा यस्तो अभिव्यक्ति दिएको भन्दै त्यो अभिव्यक्ति फिर्ता लिएको जनाएका हुन् । उनले अभिव्यक्ति दिएपछि आफूले पनि संसदीय मर्यादा बाहिर गएर बोलेको महसुस गरेको बताए ।

उनले आत्मालोचनासहित अभिव्यक्ति फिर्ता लिँदै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन अनुरोध गरेपछि सभामुखले सो अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *