जसपा लफडा : कार्यकारिणीमा बहुमत नजुट्ने भएपछि ठाकुर समूह पुग्याे यस्ताे निष्कर्षमा

राष्टिय समाचार

काठमाडौँ । सत्तासमीकरणले विवाद चरमोत्कर्षमा पुगेको जनता समाजवादी पार्टी (जसपा) फुट्ने निश्चित भएको छ । प्रतिनिधि सभा विघटन भएको र कार्यकारिणी समितिमा बुहमत नपुग्ने निश्चित भएको केपी शमाी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएको अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) ब्युँताउने तयारीमा लागेको हो ।

राजनीतिक दलसम्बन्धी नियमावली २०७३ पहिलो संशोधनमा पार्टीमा केन्द्रीय कार्यकारिणी समिति र संसदीय दलमा बहुमत पु¥याउनेले अर्को समूहलाई कारबाही गर्न सक्छ । अहिले प्रतिनिधि सभा नभएकाले संसदीय दल छैन । बाँकी रह्यो केन्द्रीय कार्यकारिणी समिति । ५१ सदस्यीय कार्यकारिणी समितिमा ३२ सदस्य विपक्षीमा रहेकाले आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि आफ्नै पुरानो पार्टी व्युँताउने तयारीमा ठाकुर समूह लागेको हो ।

कार्यकारिणी समितिमा बहुमत जुटाउन गरेको प्रयास निरर्थक भएपछि पुरानो पार्टी व्युँताउने तयारीमा लागेका हुन् । ठाकुर समूहले अर्का अध्यक्ष उपेन्द्र यादव समूहका ५ जना सांसदलाई आफूतिर ल्याए झैँ त्यति नै संख्यामा कार्यकारिणी सदस्यहरूलाई आफूतिर ल्याउन प्रयास गरेको थियो । । यसको लागि ठाकुर र महतो सक्रिय भएका थिए । स्रोतका अनुसार अहिलेसम्म ठाकुर पक्षले यादव पक्षका एक जना मात्र कार्यकारिणी समितिका सदस्यलाई आफूतिर ल्याउन सफल भएको छ । पूर्व समाजवादी पार्टीका नेता तथा जसपाका कार्यकारिणी सदस्य दानबहादुर विश्वकर्मालाई ठाकुर पक्षले आफूतिर ल्याएको छ ।

ठाकुर निकट स्रोतले पुरानो राजपा ब्युँझाउन असार २२ पछि तयारी गर्नेछ । पार्टी एकीकरण भए पछि पुरानो पार्टीको नामबाट एक वर्षसम्म आयोगमा पार्टी दर्ता गर्न नपाउने कानुनमा व्यवस्था भएकाले त्यसबेलासम्म बुहमत पु¥याउन प्रयास गर्ने ठाकुर समूहको तयारी छ । २०७७ असार २२ गते जसपा गठन गरिएको औपचारिक जानकारी आयोगलाई गराइएको थियो ।

कार्यकारिणी समितिमा बहुमत जुटाउन ठाकुर समूहले यादव समूहबाट आफ्नो समूहमा आएका ५ जना सांसद मध्ये ३ जना सांसद उमाशंकर अरगरैया, विमल श्रीवास्तब र रेणुका गुरुङलाई मन्त्री बनाएको छ ।

याे पनि पढ्नुस् 

चारवर्षपछि सत्तारोहणमा कांग्रेस

शनिवार साँझसम्म भवितव्य कुनै आशोभनिय गतिविधि सत्तापक्षले नगरे अवको केही घन्टामा ४ वर्षपछि नेपाली कांग्रेस सत्ता राजनीतिमा प्रवेश गर्ने छ । जसको सुरुवात गन्डकी प्रदेशको मुख्यमन्त्रीबाट गर्ने तय भइसकेको छ ।

केही दिन अगाडी प्रदेश दुईमा मन्त्री खाएर सुरुभएको सत्तारोहण कर्णालीमा पनि मन्त्री भइसकेका छन् । अव गन्डकीका भने मुख्यमन्त्रीको रुपमा विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपाली मुख्यमन्त्रीको रुपमा अगाडी सारिएको छ ।

गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पुर्याउन नसकेपछि विपक्षी गठबन्धनले बहुमतका आधारमा सरकारमा दाबी गरेको छ । संसदको कुनै सदस्यले बहुमत पुर्याउने आधारसहित दावी गर्नेगरी आह्वान गरेपछि शुक्रबार बेलुका नै विपक्षी गठबन्धनतर्फ कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा अघि सारेका छन् ।

नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई भावी मुख्यमन्त्री बनाउन ३१ जना सांसद अहिले प्रदेश प्रमुखकहाँ पुगेका छन् । कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा र राजिव गुरूङसहित ३१ जना सांसद प्रदेश प्रमुखकहाँ पुगेका हुन् । ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमत पुग्न ३१ जना चाहिन्छ ।

जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै गण्डकी प्रदेश सरकारमा आएको संकट बिहीबारबाट वारपार भएको थियो । अल्पमत हुँदै मुख्यमन्त्रीको राजीनामा, संसदमा कुनै दलले समर्थन जुटाउन नसकेपछि बिहीबार गुरुङले विश्वासको मत लिन नसकेपछि विपक्षीलाई बहुमत जुटाएर सरकार गठन गर्ने बाटो खुलेको हो ।

कांग्रेसको १५, माओवादीको ११, जसपा र जनमोर्चाका दुई दुई ३० सदस्य पुग्नछन् । यस्तोमा स्वतन्त्रबाट जितेका दीपक मनाङेले साथ दिने घोषणा गरेपछि कांग्रेसका नेपाली अब मुख्यमन्त्री बन्ने पक्का भएको हो । बहुमत पुर्याउने दाबीसहित २९ जेठसम्म दाबी गर्न प्रदेश प्रमुखले आह्वान गरिसकेकी छिन् ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन विपक्षी गठबन्धन प्रदेश प्रमुखको कार्यालयमा पुग्दैछन् । थरले पोखरेल भए पनि कृष्णचन्द्र थरको सट्टा नेपाली लेख्ने गर्छन् ।

पृथ्वी सुब्बा गुरुङविरुद्ध माओवादी र जनमोर्चाले समर्थन फिर्ता लिएपछि अविश्वासको प्रस्ताव पनि दर्ता गर्दा नेपालीलाई मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अघि सारिएको थियो । एमालेबाहेकका कांग्रेस, माओवादी, जनमोर्चा र जसपा मिलेपछि गण्डकीमा सरकार फेरिने लगभग निश्चित हुँदा ६० मध्ये ३१ मत पुर्याएर नेपाली मुख्यमन्त्री बन्न लागेका हुन् ।

नेपाली २००६ सालमा तनहुँ (हालको व्यास नगरपालिका ११) मा जन्मिएका हुन् । उनी कांग्रेस तनहुँका संस्थापक नेता गोवद्र्धन पोखरेलका छोरा हुन् । प्रवासमा लामो समय बसेका उनका बाबुको सर्वस्वहरण भएको थियो । राजनीतिक परिवारमा जन्मिएका नेपाली भद्र, शिष्ट र मिलनसार नेताको रुपमा परिचित छन् । नेपाली प्रदेशसभामा नवलपरासी–१ को ‘क’बाट निर्वाचित भएका थिए । नेपालीले माओवादी केन्द्रका सूर्य न्यौपानेलाई पराजित गरेका थिए ।

नेपालीले १७ हजार ६८३ मत पाएका थिए । न्यौपानेले १७ हजार ३११ मत ल्याएका थिए । माओवादीका न्यौपाने ३७२ मतले पराजित भएका थिए । नेपाली लामो समय नवलपरासीका कांग्रेस जिल्ला सभापति पनि भए ।

४८ सालपछि उनी निरन्तर झण्डै २० वर्ष नवलपरासी कांग्रेसको जिल्ला सभापति भए । २०४८ सालको निर्वाचनमा तत्कालीन नवलपरासी–४ बाट उम्मेदवार बनेका उनी पराजित भएका थिए । उनी त्यसपछि प्रतिनिधिसभा र संविधानसभामा उम्मेदवार बनेनन् । यसअघि एक कार्यकाल उनी कांग्रेसको केन्द्रीय सदस्य भएरसमेत काम गरेका छन् । १३ औं महाधिवेशनमा भने केन्द्रीय सदस्यमा नेपाली पराजित हुन पुगे ।
चार भाइमध्ये नेपाली माइलो हुन् । उनका दाइ रामचन्द्र पोखरेल कांग्रेस केन्द्रीय कार्यालयमा मुख्य सचिव भएका थिए । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष जगदीशचन्द्र पोखरेल नेपालीका भाइ हुन् ।
कान्छा भाइ सुवास भने अमेरिकामा बस्छन् । सभापति शेरबहादुर देउवा र महामन्त्री डा. शशांक कोइरालाको सहमतिमा नेपाली गण्डकी प्रदेशमा कांग्रेसका तर्फबाट संसदीय दलको नेता बनाइएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *