प्रधानमन्त्री ओलीलाई मार्ने षड्यन्त्र कसले गर्दैछ, गाेकुल बाँस्काेटाले गरे खुलासा !

राष्टिय समाचार

काठमाडौ। सत्तारूढ नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीमाथि भयानक षडयन्त्र हुन लागेको बताएका छन् ।

एक जना प्रदेश सांसदले बोलेको भन्दै केपी ओली नमारी कांग्रेसले नजित्ने रहेछ भन्ने विषयतर्फ संकेत गर्दै बास्कोटाले यस्तो बताएका हुन् ।

यसरी बोल्ने ओली विरोधी गठबन्धनमै रहेका त सामेल छैनन् भन्दै बास्कोटाले प्रश्न उठाएका छन् ।

तर उनले कुन नेताले यसरी बाेलेकाे भनेर नखुलाए पनि पशुपतिनाथ रहेकाे क्षेत्रका प्रदेश सांसदले यस्ताे बाेलेकाे उनले जनाएका छन् ।

‘केपी ओली नमारे कँङ्ग्रेसले नजित्ने रहेछ, प्रधानमन्त्री माथि कुनै भयानक षडयन्त्र हुदै रहेछ।नत्र प्रदेश सांसद त्यो पनि पशुपतिनाथ रहेको क्षेत्रबाट प्रतिनिधित्व गर्नेले यस्तो कसरी बोल्न सक्छ ? ओली बिरोधी गठबन्धन नै यसमा सामेल त छैनरु काँङग्रेसको आधिकारिक भनाई चाहिन्छ।एमालेहरु सचेत बन।’ बास्कोटाले सामाजिक संजालमा लेखेका छन् ।

याे पनि समाचार 

मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी अघि बढ्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ ।

नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै उनकै निर्देशन बमोजिम मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन र निकायका अधिकारीलाई १२ बुँदे परिपत्र जारी गर्दै कोभिड–१९ नियन्त्रणमा सक्रियतापूर्वक लाग्न र आवश्यक योजना निर्माण गरी सुरक्षास्थितिलाई मजबुत बनाउन निर्देशन गरेको हो । गृहप्रवक्ता जनकराज दाहालले मन्त्री अधिकारीबाट प्राप्त निर्देशनअनुसार परिपत्र जारी गरिएको जानकारी दिए ।

मन्त्रालयले सरकारले सञ्चालन गरेका विकास आयोजना तोकिएको समयमा सम्पन्न गर्न प्रभावकारी समन्वय, सहजिकरण एवं अनुगमन गरी विकास कार्यमा तीव्रता दिन पनि भनेको छ । यसरी काम गर्दा स्वास्थ्य सुरक्षा मापदण्डलाई भने पूर्ण कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ ।

परिपत्रमा हालसम्मको निषेध आदेश कार्यान्वयनको समीक्षा गर्दै जनस्वास्थ्यमा नकारात्मक असर नपारी स्वास्थ्य मापदण्ड पालनाका साथ आर्थिक गतिविधि अगाडि बढाउने सम्बन्धमा पूर्वतयारीमा जुट्न भनेको छ ।

नागरिकको जिउधनको सुरक्षा तथा जिल्लामा भयरहित वातावरणको सिर्जना गर्न शान्ति सुरक्षामा खलल पुग्ने गरी कुनै पनि गतिविधि हुन नदिन, जिल्लामा घट्न सक्ने घटनाको सम्बन्धमा पूर्वसूचना लिई सोही अनुसार सुरक्षा योजना बनाई कार्यान्वयन गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।

परिपत्रमा गृह मन्त्रालय र अन्तर्गतका सम्पूर्ण निजामती तथा प्रहरी कर्मचारीले उच्च मनोबलका साथ जनगुनासो नआउने गरी कानूनको पुर्णपालना गर्न, मानव अधिकारको प्रत्याभूति हुने गरी भ्रष्टाचारमा शून्य सहनशीलताको मर्म अनुरुप पारदर्शी रुपमा कार्य सम्पादन गर्न भनिएको छ ।

याे पनि पढ्नुस् 

काेराेना महामारी तेस्रो लहरको खतरा कसकसलाई छ ?

काठमाडौं । अबको चारदेखि ६ महिनाभित्र सबै उमेर समूह तेस्रो लहरको कोरोना संक्रमणको जोखिममा रहेको विज्ञले औंल्याएका छन्। नेपालमा अहिले पनि करिब ८ प्रतिशत जनसंख्याले मात्र खोप लिएका र बाँकीका बारेमा अन्योल रहेको अवस्थामा खोप नलिएका उमेर समूह जोखिममा पर्ने उनीहरूको तर्क छ। विकसित राष्ट्रहरूले तेस्रो लहरको जोखिममा खोप नलिएका १८ वर्षमुनिका बालबालिका पर्ने प्रक्षेपण गरिरहेकै बेला नेपालका स्वास्थ्य विज्ञको भने भिन्न धारणा छ।

‘हामी कहाँ विकसित राष्ट्रकै सूत्र लागु हुने स्थिति छैन, अमेरिका तथा युरोपमा खोप लगाउन बालबालिकामात्र बाँकी रहेकाले तेस्रो लहरको जोखिममा उनीहरूलाई राखेका हुन्। हामी कहाँ खोप नलिएका सबै जोखिममा पर्छन्’, राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले भने।

नेपालमा १८ वर्षमुनिका बालबालिका र खोप नलिएका कुनै पनि समूह जोखिममा हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुन बताउँछन्। उनका अनुसार नेपालमा सन् २०२१ भित्रै सबै उमेर समूहले खोप लगाइसक्ने सम्भावना नदेखिएकाले बालबालिकासमेत जोखिममा छन्। अहिले कोरोना संक्रमण भएकाको शरीरमा पनि तेस्रो लहरसम्ममा एन्टीबडी प्रभाव सकिने हुनाले जोखिम हुन्छ। ‘कोरोनाले कुनै उमेर समूहलाई लक्षित गरेको हुँदैन, खोप अर्को लहर सुरु हुनुअघि नै सबैले पाउँछन् कि पाउँदैनन् भन्ने कुरा मुख्य हो’, डा. पुनले भने। खोप नलिएका युवा र बालबालिका दुवै जोखिममा पर्न सक्ने डा. पुनको अनुमान छ। भाइरस कुन रूपमा म्युटेन्ट भएर आउँछ भन्ने कुराले पनि जोखिम निर्धारण हुने उनको भनाइ छ। अहिले खोप लिएकामा पनि खोपले कति महिना काम गर्छ भन्ने कुराको अध्ययन भइनसकेको अवस्थामा कुनै उमेर समूहमात्र जोखिममा भन्ने निक्र्योल गर्न नसकिने पुनले बताए।

स्वास्थ्य सेवा परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. झलक गौतमले १८ वर्षमुनिका बालबालिकाका लागि अहिलेसम्म कोभिड १९ विरुद्धको खोप परीक्षण भइनसकेकाले अन्तर्राष्ट्रिय रूपमा तेस्रो लहरमा बालबालिका जोखिममा हुने चर्चा चलेको बताए। ‘पहिलो कुरा, बालबालिकाका लागि कोभिड १९ विरुद्धको खोप नै बनेको छैन। दोस्रो कुरा, बनिहालेमा पनि नेपालले ल्याउन सक्ने स्थिति छैन’, डा. गौतमले भने। बालबालिकामा संक्रमण भइहालेमा उपचारको व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने उनको अनुमान छ। ‘धेरै संख्यामा बालबालिका संक्रमित भएमा उनीहरूलाई फिट हुने भेन्टिलेटर, बेड र जनशक्ति तयार हुनुपर्छ’, उनले भने।

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने अहिलेसम्म तेस्रो लहरले बालबालिका नै जोखिममा पर्छन् भन्ने पुष्टि नभएको बताए। ‘बालबालिकामात्र जोखिममा पर्छन् भन्ने प्रमाणित छैन तर हामीले सबै अस्पताललाई बालबालिकालाई मिल्ने बेड र भेन्टिलेटर क्षमताको २० प्रतिशत तयार पार्न निर्देशन दिएका छौं’, उनले भने।

कोभिड १९ विरुद्धको खोप संयोजक डा. श्यामराज उपे्रतीले अहिलेसम्म खोप आउने निश्चित नभएकाले नेपालमा बालबालिकाका साथै खोप नलिएका सबै समूह जोखिममा रहेको बताए। पहिलो र दोस्रो लहरमा पनि नेपालमा बालबालिका संक्रमित भइसकेका छन् तर उनीहरूको मृत्युदर कम देखिएको छ। बालबालिका होचा हुने, भुइँमा खेल्ने कारणले घरको सफाइमा ध्यान दिने, घरबाहिरका व्यक्तिलाई बालबालिकासँग भेट्न नदिन सजग हुनुपर्ने चिकित्सक सुझाउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *