गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता पोखरेलको दावी

राष्टिय समाचार

कास्की । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित गण्डकी प्रदेशकाे मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । आफूलाई ३१ सांसदको समर्थन रहेको भनी प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष दावी पेश गरेका छन् ।

नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११ , राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङ्गेको समर्थन आफूलाई रहेको भनी उनले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका छन्।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार बहुमतको आधार प्रस्तुत गर्न आह्वान गरेपछि नेपाली बहुमत सांसद सहित निवास पुगेका हुन् । मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले विश्वासको मत नपाएपछि प्रदेश प्रमुखले वैकल्पिक सरकार गठन आह्वान गरेकी थिइन् ।

याे पनि समाचार 

एमालेको नवौं महाधिवेशनको केन्द्रीय कमिटी ब्युँताउँदै ओली

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब नवौं महाधिवेशनको कमिटी ब्युँताउने भएका छन् । उनले यसअघि नै २ जेठ २०७५ को अवस्थामा पार्टी कमिटीलाई फर्काउने शर्तसहितको प्रस्ताव माधव नेपाल खेमालाई राखिसकेका छन् । बिहिबारको सर्वोच्च अदालतको आदेशले नवौं महाधिवेशनको कमिटी बाहेकको पछिल्लो महाधिवेशन आयोजक कमिर्टीको निर्णय नै अमान्य हुने भनिदिएपछि ओलीका लागि पुरानै कमिटीमा फर्कनुपर्ने वाध्यकारी परिस्थिति पनि बनिसकेको छ ।

ओलीले पनि पुरानो कमिटी ब्युँताएर माधवकुमार नेपाल पक्षको आधा आधी नेताहरु आफ्नो पक्षमा पार्ने रणनीति बनाएका छन् । सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराईलगायतका नेताहरु नवौं महाधिवेशनको कमिटी ब्युँतिएको अवस्थामा पार्टी फुटाउने पक्षमा नजाने निश्चित छ । त्यसपछि माधव नेपाल अप्ठ्यारोमा पर्न सक्छन् ।

नवौं महाधिवेशनको केन्द्रीय कमिर्टी ब्युँताउदा पनि ओली पदाधिकारीसहित बहुमतमा पुग्ने सम्भावना रहन्छ । उनले कतिपय पदाधिकारी आफ्नो पक्षमा पारिसकेका छन् । माधव नेपालसहित उनी पक्षीय आधा नेताहरु नफर्किएमा झन् उनी स्पष्ट बहुमतमा रहनेछन् । ओलीले विघटित प्रतिनिधिसभामा माधव नेपाल खेमाका कम्तिमा १३ जना तान्न खोजेका छन् । त्यसतर्फ उनी सफल पनि हुनेतर्फ बढेका छन् । उनीहरुलाई तान्न सकेमा शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्ने १४६ को संख्या घटेर १३३ मा आइपुग्छ । जुन प्रतिनिधि सभाको बहुमत रहनेछैन ।

ओलीले तत्काल देउवाको पक्षमा रहेको रिटमै १३३ भन्दा कम देखिने गरी रणनीति बढाइरहेका छन् । त्यसमा उनी क्रमशः सफल पनि बन्दै गएका छन् । १४६ बाट संख्या घटाएर १३३ मा सिमित बनाउन सके आफू अनुकूलको परिस्थिति विकास हुनसक्ने ओलीको बुझाई रहेको निकट स्रोतले बताएको छ । ओली त्यसैमा ध्यान केन्द्रित गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *