कुख्यात गुण्डा नाइके गणेश लामालाई ससम्मान रिहाइ नगरे सशक्त कदम चाल्ने काँग्रेसको चेतावनी

राष्टिय समाचार

काठमाडौँ। पोखराबाट गणेश लामालाई पक्राउ गरेको विषयमा कांग्रेसले भर्त्सना गरेको छ ।

नेपाली कांग्रेस काभ्रेका सभापति मोहन आचार्यले विज्ञप्तिमार्फत प्रदेश सरकारको मिलेमतो र प्रतिशोधको भावले उनलाई पक्राउ गरिएको भन्दै भर्त्सना गरेका हुन् ।

उनले लामाको अविलम्ब रिहाइ गर्न माग गरेका छन् । उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ससम्मान रिहाइ नगरे सरकारविरुद्ध सशक्त कदम चाल्न बाध्य हुनेछौँ ।’

याे पनि समाचार 

गणेश लामा पोखरामा पक्राउ, राजनीतिक चलखेल गर्न आएको आरोप

‘डन’ को रुपमा प्रचारित नेपाली कांग्रेसका युवा नेता गणेश लामालाई पोखरामा प्रहरीले पक्राउ गरेको छ । निषेधाज्ञा छिचोल्दै पोरखा पुगेका उनलाई क्याटवाक रेस्टुरेन्टबाट पक्राउ गरिएको हो ।

लामा पोखरा आएर लेकसाइडको खहरेस्थित पोखरा बुटिकमा बसेका थिए । त्यहाँबाट भागेर क्याटवाक रेस्टुरेन्ट पुगेका उनलाई प्रहरीले घेरा हालि नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गर्नुको कारण प्रहरीले खुलाएको छैन । यद्यपि उनी काठमाडौंबाट राजनीतिक चलखेल गर्न पोखरा आएको बुझिएको छ ।

गण्डकी प्रदेशमा आज पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची छँदा लामा पोखरा पुगेका हुन् । प्रदेशका मन्त्री दिपक मनाङेलाई प्रदेश सभामा अनुपस्थित गराउन लामाको भूमिका रहेको प्रहरीको आशंका छ । हिजो बेलुकीदेखि सम्पर्कबिहिन बनेका मनाङे आज प्रदेश सभामा भएको मतदानमा अनुपस्थित भएका थिए ।

विभिन्न अपराधिक घटनाहरुमा मुछिएका लामा अहिले कांग्रेस राजनीतिमा छन् । उनले कांग्रेसबाट प्रदेश सभामा चुनाव लडेर पराजित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *