आफूलाई गृहमन्त्री नबनाइएपछि महेश बस्नेतले पोखे रिष, हेर्नुस् यस्ताे छ उनकाे आक्रोश

राष्टिय समाचार

काठमाडाैं । नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो राजनैतिक जीवनमा पद प्राप्ति ठुलो बिषय कहिले नबनेको र पार्टी निति , नेतृव र निर्देसन सदैब पालना गरेर अगाडि बडेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेपछि उनले सामाजिक संजालमा लेख्दै पार्टी भित्र मात्र होइन बाहिरका मान्छेलाई समेत प्रभाब र दबाब पर्ने गरी काम गरेको बताएका छन् ।

नेता महेश बस्नेतले अफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा आम जनताको र देशभर को एमाले कर्यकर्ता र युवा पंक्तिको मन जितेरै बसेको बताएक छन् । पटक पटकको मन्त्री मण्डलको पुनरगठनमा आफ्नो नाम ब्यापक चर्चा हुने गरेको र आफ्नो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउनै हुदैन भन्ने पक्षमा ब्यापक लागेको बताएका छन् ।

नेता महेश बस्नेतले लेखेका छन्, “मेरो राजनैतिक जीवनमा पद प्राप्ति ठुलो बिषय कहिले बनेन्। पार्टी निति , नेतृव र निर्देसन सदैब पालना गरेर अगाडि बडेको छु।

परिभाषित काममा सदैब आफ्नो दक्षता देखाएको छु। पार्टी भित्र मात्र होइन बाहिरका मान्छेलाई समेत प्रभाब र दबाब पर्ने गरी काम गरेको छु। अफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा आम जनताको र देशभर को एमाले कर्यकर्ता र युवा पंक्तिको मन जितेरै बसेको छु।

पटक पटकको मन्त्री मण्डलको पुनरगठनमा मेरो नाम ब्यापक चर्चा हुने गर्दछ्। मेरो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउनै हुदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ्।

हो। मेरो सफलतामा आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन ठान्छन । मेरो बिरोधि साथीहरुलाइ झन धेरै धन्यवाद छ ।जस्को कारण म हरेक पलमा सचेत भएर कदम चाल्दछु।त्यो नै महिले सिकेको सिकाई हो र उपलब्धि पनि!

कतिपय मिडियाले मेरो नाम जोडेर म आक्रोसमा छु। गुटफेर्दैछु जस्ता समाचार लेखिरहेका छन्। तेस्तो भ्रममा नपरौ म जहाँछु तेही छु र म जे छु तेही छु। अझै जोस जाँगर र उर्जाका साथ लाग्नेछु। मेरो राजनैतिक जीवनमा बिकाश गर्न खोजेको नयाँ अभ्यास समय क्रममा थप पुष्टी हुनेछ्।”

याे पनि पढ्नुस् 

राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् विस्तार : गृहमा अधिकारी, सञ्चारमा थापा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा ७ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेकी छन् ।

राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले विभिन्न मन्त्रालयमा मन्त्री र राज्यमन्त्री नियुक्त गरेको जानकारी दिएको छ ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७८/१/३१ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा नेपालको संविधान बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ ।

गृहमन्त्रीमा खगराज अधिकारी, उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्रीमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापा, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा ज्वालाकुमारी साह, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानियालाई मन्त्री नियुक्त गरिएको छ । सञ्चारमन्त्री नियुक्त थापा पूर्व गृहमन्त्री रामबहादुर थापाकी पत्नी हुन् ।

त्यसैगरी, आशाकुमारी वि.क.लाई वन तथा वातावारण मन्त्रालयको राज्यमन्त्री नियुक्त गरिएको छ ।

२०७८ वैशाख ३१ गते संसदको ठूलो दलको नेताको हैसियतले ओली अल्पमतको प्रधानमन्त्री बनेका थिए । तर, संसदमा बहुमत पुर्‍याउन नसक्ने भन्दै मार्ग प्रश्स्त गरेका ओलीले संसद विघटन गरेपछि मन्त्रिपरिषद् पुनर्गठन गरेको यो दोस्रोपटक हो । विपक्षी पार्टीहरुले कामचलाउ सरकारको विस्तारलाई असंवैधानिक भन्दै आएका छन् । संसद् पुनस्थापनाका लागि विपक्षी गठबन्धनका सांसदहरुले दायर गरेको रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाई चलिरहेको छ ।

याे पनि समाचार

गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने, यस्तो छ समीकरण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दैछन् । गत वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका उनले संवैधानिक प्रावधानअनुसार विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न लागेका हुन् । मुख्यमन्त्री नियुक्त भएपछि ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

प्रदेशसभामा विश्वासको मत लिन असफल भएमा मुख्यमन्त्री गुरुङ पदमुक्त हुनेछन् । गण्डकी प्रदेशसभामा सत्तारुढ दल नेकपा एमाले अल्पमतमा छ । ६० सदस्यीय प्रदेशसभामा एमालेसँग एक स्वतन्त्रसहित जम्मा २८ सांसद छन् । विश्वासको मतका लागि कम्तीमा ३१ सांसदको समर्थन आवश्यक हुन्छ ।

प्रदेशसभामा एमाले बाहेकका विपक्षी दलहरु भने विश्वासको मतसम्बन्धी प्रस्ताव विफल तुल्याउन एकजुट भएका छन् । प्रदेशसभामा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जसपा (साविक नयाँ शक्ति) पार्टी गरी चारवटै दल वर्तमान सरकारविरुद्ध एकजुट भएका हुन् ।

चारवटै दलले बुधबार नै आफ्ना सांसदलाई विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदानका लागि ह्वीप जारी गरिसकेका छन् ।
प्रदेशसभामा काँग्रेसको १५, माओवादी केन्द्रको सभामुख बाहेक ११, राष्ट्रिय जनमोर्चाको ३ र जसपाको २ सांसद गरी जम्मा ३१ मत पुग्छ ।

तर जनमोर्चाका सांसद कृष्ण थापा सुरुदेखि नै वर्तमान सरकारलाई सहयोग गर्नुपर्ने पक्षमा छन् । सोही कारण पार्टीको कारवाहीसमेत झेलिसकेका उनी उक्त कारवाही विरुद्ध दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि पूर्ववत् अवस्थामा फर्किएका हुन् । यसअघि पनि दलको निर्देशनलाई मान्न अस्वीकार गरेका उनले विश्वासको मतसम्बन्धी प्रस्तावमा कस्तो भूमिका निर्वाह गर्ने हुन् भन्ने प्रस्ट भइसकेको छैन । उनले विश्वासको मतसम्बन्धी प्रस्तावलाई समर्थन जनाएको खण्डमा पनि सरकारलाई बहुमत जुटाउन थप दुई सांसद आवश्यक हुन्छ ।

यता उनले साथ दिएको खण्डमा भने विपक्षी गठबन्धनले ३१ सांसदको समर्थन सहित नयाँ सरकारका लागि दावी गर्न सक्छ । तर सांसद थापाले विपक्षी गठबन्धनलाई साथ दिने सम्भावना नरहेको जानकारहरु बताउँछन् ।

उनले संसदीय दलको ह्वीप उल्लंघन गरेर विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा मतदान गरेमा भने कारवाहीको भागिदार हुने राष्ट्रिय जनमोर्चाको संसदीय दलका नेता पियारी थापाले बताइन् ।

ह्वीप उल्लंघन गरेबापत उनी कारवाहीमा परेको खण्डमा प्रदेश सभाको अंकगणित कुल ५९ सांसदमा सीमित हुन्छ भने विपक्षी गठबन्धनलाई बहुमत जुटाउन ३० सांसदको समर्थन भए पुग्छ ।

त्यसैले पनि अविश्वासको प्रस्ताव विफल तुल्याएर नयाँ सरकार गठनका लागि दावी गर्ने रणनीतिमा विपक्षी गठबन्धन एकजुट भएका हुन् ।

ह्वीप उल्लंघनबापत थापा कारवाहीमा परेको अवस्थामा प्रदेशसभामा काँग्रेसको १५, माओवादी केन्द्रको सभामुख बाहेक ११, राष्ट्रिय जनमोर्चाको २ र जसपाको २ सांसद गरी जम्मा ३० सांसदको समर्थनमा नयाँ सरकार गठन गर्न सक्ने विपक्षी दलहरुको भनाइ छ । थापाले विपक्षी गठबन्धनलाई सघाएको खण्डमा समेत आफूहरुसँग नै बहुमत जुट्ने नेपाली काँग्रेसका सांसद विष्णुप्रसाद लामिछानेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *