राष्ट्रपतिलाई सार्वजनिक स्थलमै चड्कन ! को हुन चड्कन हान्ने?

Uncategorized समाचार

एजेन्सी । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँलाई देशको दक्षिणपूर्वी भागमा भ्रमण गरिरहेको बेला चड्कन हानिएको छ ।

सामाजिक सञ्जालमा फैलिरहेको एक भिडिओमा भ्यालेन्स शहरबाहिरको भागमा भ्रमणको बेला राष्ट्रपति माक्रोँ एक सुरक्षा तगारो राखिएको ठाउँमा मानिसहरूलाई भेट्न पुगेका थिए ।

त्यहाँ हरियो टि शर्ट लगाएका एक पुरुषले उनको मुहारमा चड्कन हानेकाछन् । लगत्तै सुरक्षाकर्मीहरूले राष्ट्रपतिलाई तानेर लिएका थिए ।

फ्रान्सका सञ्चारमाध्यमहरूका अनुसार उक्त घटनापश्चात् दुईजना पुरुषलाई पक्राउ गरिएको छ । घटनापछि बोल्दै माक्रोँले त्यसलाई एक असामान्य घटना भनेका छन् ।

‘हामीले अति हिंस्रक मानिसहरूलाई सार्वजनिक बहसमाथि नियन्त्रण जमाउन दिनु हुँदैन । ती यसको लायक छैनन्,’ उनले एक पत्रिकालाई भने ।

को हुन चड्कन हान्ने?

माक्रोँलाई चड्कन हान्ने पुरुषले ‘मोँजुवा सान्ट डेनी’ भनेर चिच्च्याएका थिए । त्यो नारा फ्रान्सेली इतिहासका राजा शार्लामेनको समयसँग जोडिएको छ ।

हालसम्म चड्कन हान्ने पुरुषको परिचय र उनको नियत प्रस्ट भएको छैन ।

स्थानीय अधिकारीहरूका अनुसार उनी र अन्य एक व्यक्तिसँग प्रहरीले सोधपूछ गरिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + = 18