सोनिकासँग पानी मै रोमान्स गर्ने को हुन् यी युवक ? भिडियाे

कला / मनाेरञ्जन मनाेरञ्जन समाज

सोनिका रोकाया बिभिन्न कार्य गरेर चर्चामा रहने गर्छिन् । हालै उनले नदीमा पौडि खेलिरहेको एक भिडि‌ओ आफ्नो युट्युव च्यानलमार्फत सार्वजनिक गरेकी छन् । उनीसँग अर्का एक युवा पनि मस्ती गरिरहेका देखिन्छन् । ती युवालाई उनले आदित्य भनेर चिनाएकी छिन् ।

सोनिकाले उक्त भिडियो आफ्नै बझाङस्थित गाउँको रहेको बताएकी छिन् । उनले भिडियो देखिएका अन्य युवा युवती र बालबालिका रोकाय फ्यामिलीको भएको बताएकी छिन् । उक्त भिडियोमा आदित्यसँग उनले पानी भित्र र बाहिर म-स्ती गरिरहेको देख्न सकिन्छ ।

काठमाडौका सडकमा दुई अर्थी शब्द दिने कुरा गर्दै हिड्ने सोनिका रोकाय पछिल्लो समय भने पुरै परिवर्तन भएकी छन् । उनी सामाजिक सञ्जालमा निकै चर्चित छन् ।

सोनिकाले युट्युवमा अपलोड गरेको भिडिओबाट लिइएको स्किनसट ।
कलाकार, युट्युवर रोकाया अहिले आफ्नो जन्मथलो बझाङवाट अनौठा भिडिओ सार्वजनिक गरिरहेकी छन् ।लकडाउनकाबीच बझाङ गएकी रोकाय अहिले पनि उतै समय विताउँदै गाउँले परिवेशका भिडिओ सार्वजनिक गर्दैछन् ।

हेरौं भिडिओ

को हुन सोनिका?

बझाङ स्थाइ घर भएकी सोनिकाले यूट्यूबमा ‘द सोनिका सो’ नामक कार्यक्रम चलाउने गरेकी छन्। उनले चलाउने कार्यक्रममा विशेषगरी वयस्क र द्विअर्थी विषयले भरिएका हुन्छन्। उनी जति यस्ता अन्तरवार्ता तथा शो गर्न चर्चित छिन् उस्तै शैलीमा अन्तरवार्ता दिने गरेकी छिन्। हालै उनले मुम्बई पुगेर भारतका चर्चित कमेडियन कपिल शर्माको समेत अन्तरवार्ता लिएकी छन्।

यस्तै उनी अन्तरवार्ता लिने अन्य यूट्यूबरको रोजाइमा पनि उत्तिकै पर्छिन्। पछिल्लो समय यूट्यूबमै व्यस्त देखिए पनि उनले केही म्यूजिक भिडियोहरूमा मोडलिङ समेत गरेकी छन्। उनले स्टेज कार्यक्रमहरू पनि संचालन गर्ने गर्छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *