विज्ञप्ति निकाल्ने पूर्वप्रधानन्यायाधीश र सर्वोच्चमा बखेडा झिक्ने वकिलशहरूलाई ओलीले दिए दनक

राष्टिय

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालो कोटको आवरणमा केही व्यक्तिले न्यायालयलाई विवादमा ल्याउने काम गरेको बताएका छन् ।

युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संवैधानिक इजलासमा न्यायाधीशमाथि विपक्षी गठबन्धनका कानुन व्यवसायीले उठाएको प्रश्नप्रति आक्रोश पोखे । ‘वकिलहरूले न्यायाधीश तय गर्ने अब?’ ओलीले प्रश्न गरे, ‘कस्तो न्यायिक सिस्टम हामी तय गर्दैछौं? कालो कोटधारी केही व्यक्तिहरूले न्यायालयलाई कुन अवस्थामा पुर्याशउँदै हुनुहुन्छ? बडो गम्भीर विषय छ ।’

‘केही कालोकोट लगाएका व्यक्तिहरू अदालतको मानसम्मान, न्यायाधीशहरूको मानसम्मान गरिमा, त्यसको पनि किञ्चित ख्याल नराख्ने वकिलहरूले लेखेर ल्याएको, उनीहरूले पढेर सुनाउ भनेको न्यायाधीश चाहियो? उहाँहरू त्यही चाहिरहनुभएको छ। हामीले लेखेर दिएको फैसला पढि सुनाउने न्यायाधीशबाहेकलाई हामी मान्दैनौँ भन्दैछन्। यसले न्यायालय कुन अवस्थामा पुग्छ,’ ओलीले प्रश्न गरे ।

प्रधानमन्त्री ओलीले पूर्वन्यायमूर्तिले न्यायालयको हुर्मत लिइरहेको आरोप लगाए । पूर्वप्रधानन्यायाधीशरुको विज्ञप्तितर्फ सकेत गर्दै ओलीले भने, ‘सरकारी पेन्सन खाएर पूर्वन्यायमूर्तिले न्यायालयको हुर्मत लिँदै हुनुहुन्छ। आफ्नो समयमा केही नगर्ने? अनि वर्तमान न्यायालयका कामकारबाहीमाथि हस्तक्षेपकारी ताण्डव गर्ने सडकमा? यसले हाम्रो लोकतन्त्रलाई कहाँ पुर्याउँछ ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *