बुधबार चन्द्र ग्रहण लाग्दै, यी ४ राशिलाई मिल्नेछ लाभैलाभ

राष्टिय वास्तु ज्याेतिष

काठमाडौँ । नयाँ वर्ष २०७८ सालको पहिलो चन्द्र ग्रहण जेठ १२ गते बुधबार लाग्दैछ । यस दिन वैशाख शुक्लपक्ष पूर्णिमा तिथि पनि परेको छ। यो पटकको चन्द्र ग्रहण उपछाँया चन्द्रग्रहण हुनेछ।त्यसैले यसको सूतककाल मान्य हुने छैन्। यो चन्द्रग्रहण नेपालबाट भने देखिने छैन्। त्यसैले नेपालमा पनि सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

यो चन्द्रग्रहण नेपाली समय अनुसार दिउँसो २ बजेर ३२ मिनेटबाट शुरु भएर वेलुकी ९ बजेर ३९ मिनेटमा सकिनेछ। यो नेपालबाट नदेखिने भएपनि व्यक्तिको जीवनमा भने प्रभाव पार्ने ज्योतिषीहरु बताउँछन्। ग्रहणको चाल व्यक्तिको जीवनमा निकै महत्वपूर्ण हुने गर्छ।

व्यक्तिमाथि राम्रो र नराम्रो गतिविधि ग्रहको चालका कारण हुने गर्छ। सबै राशिमाथि यस ग्रहणको प्रभाव अलग अलग हुने गर्छ। यो पटकको चन्द्र ग्रहणको प्रभावले केही राशिलाई धन लाभ हुनेवाला छ भने केही राशि सावधान रहनुपर्ने देखिन्छ। चन्द्रग्रहको शुभ प्रभाव यी राशिमा पर्ने ज्योतिषशास्त्री बताउँछन्।आउनुहोस् हेरौँ कुन कुन हुन् ती राशि ?मेष राशिः मेष राशिका व्यक्तिमा चन्द्र ग्रहणको प्रभाव राम्रो पर्ने छ। जसका कारण धन लाभको निकै सम्भावना देखिन्छ। तर मानसिक तनाव भने झेल्नुपर्ला । आफ्नो र आमाको स्वास्थ्यको ध्यान राख्न आवश्यक छ । लामो समयदेखि रोकिएका प्रोजेक्ट पूरा हुनेछन्। आफ्ना प्रियजनसँग राम्रो सम्बन्ध रहला ।

सिंह राशिः सिंह राशिका व्यक्तिमाथि चन्द्रग्रहणको अनुकुल प्रभाव देखिनेछ। आर्थिक स्थिती बलियो हुनेछ। साथीसँग समय विताउँदा राम्रो होला। वैवाहिक जीवनका लागि समय राम्रो छ। तनाव र चिन्ताबाट भने बच्नुहोला ।

कन्या राशिः यस राशिका व्यक्ति आकर्षणका केन्द्र बन्न सक्नेछन्। नोकरीमा वृद्धि हुनेछ। मानसम्मान बढ्नेछ। भाग्य बलियो हुनेछ। आर्थिक लाभ मिल्नेछ। हतारमा निर्णय लिनबाट भने बच्नुहोला। आफ्ना आसपासका व्यक्तिसँग धैर्य बनाइराख्नुहोला।

मकर राशिः मकर राशिका व्यक्तिको आर्थिक स्थिती बलियो हुने देखिन्छ। सफलताको नयाँ बाटो खुल्नेछ। पार्टनरका साथका सबन्ध प्रभावित हुनसक्नेछ। धर्यता राख्नुहोस् र ध्यानको अभ्यास गर्नुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *