गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेले पनि भने : देउवालाई समर्थन छैन, हस्ताक्षर दुरुपयोग भयो

राष्टिय

काठमाडाैं । नेकपा एमाले माधवकुमार नेपाल समूहका सांसदहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने नाम गरिएको हस्ताक्षर संकलनमा आफूहरुको समर्थन नरहेको बताएका छन्।

वरिष्ठ नेता नेपालनिकट मानिने सांसदहरु सुरेन्द्र पाण्डे र गोकर्ण विष्टले आफुहरु विपक्षी दलको बैठकमा सहभागी भए पनि देउवालाई प्रधानमन्त्री बनाउन बटुलिएको भनिएको हस्ताक्षर आफूहरूले नदिएको बताएका हुन्।

दुवै नेताले संसद बैठक बोलाउन भनेर संकलन गरिएको हस्ताक्षर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि बहुमत जुटाउन प्रयोग गरिएको भन्दै आपत्ति जनाएका छन्।

त्यस्तै नेताहरु घनश्याम भुसाल, नारायण खतिवडा र गणेश पहाडीले पनि आफूहरूको हस्ताक्षर दुरूपयोग भएको भन्दै संसदीय दलका नेता ओलीलाई जानकारी गराएको स्रोतले बताएको छ। ओलीले त्यही सन्देश राष्ट्रपतिलाई दिएको स्रोतको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *