काठमाडौंमा फेरि भूकम्प

राष्टिय

काठमाडौं । काठमाडौंमा पुन: भूकम्प गएको छ । बुधबार बिहान ८ बजेर २७ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको आएपछि मानिसहरु घर बाहिर निस्किएका छन् ।

बुधबार बिहान मात्रै ५ बजेर ४२ मिनेट जादा लमजुङ केन्द्रबिन्दु भएर ५.८ रेक्टरस्केलको भूकम्प गएको थियो । उक्त भूककम्पकाे महसुस काठमाडाैंमा पनि भएकाे थियाे ।

याे पनि 

लमजुङमा भूकम्पले घर भत्किँदा २ जना घाईते भएका छन्। जिल्लाको बेसीशहर नगरपालिकाको चनौटेमा गणेश बहादुर राउतको घर भत्किँदा घरभाडा लिइ बस्ने एकजना पुरिएर घाइते भएको नगरपालिकाका अध्यक्ष गुमन सिंह अर्यालले जनाकारि दिए।

अर्यालका अनुसार रामचोकमा थाँते र भार्तोकमा पनि केहि घर भत्किएको छ।

 

यस्तै रामचोकमा पनि थप एकजना घाइते भएको अर्यालले बताए। घाईते दुबैजनाको लमजुङ सामुदायीक जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

 

लमजुङको भुलभुले केन्द्रविन्दु भएर बिहान ५ बजेर ४२ मिनेट जाँदा गएकाे भूकम्पकाे म्याग्निच्युड ५.८ भएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएकाे छ ।

 

भूकम्पको धक्का पाेखरा, गाेरखा, धादिङ, काठमाडौँ उपत्यकासहितका क्षेत्रमा महशुस भएको थियो । क्षेतीको अझ थप विवरण आउन बाँकी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *