यी हुन् ओली क्याविनेटमा दाेहाेरिने मन्त्रीहरू, पूर्वमाओवादीका यी नेता बन्दैछन् मन्त्री

राष्टिय

काठमाडाैं । संविधानको धारा ७६ को उपधारा ३ अनुसार राष्ट्रपतिद्वारा बिहीबार राति प्रधानमन्त्रीमा नियुक्त भएका एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार अपराह्न पद तथा गोपनीयताको शपथ लिँदै छन् । शपथका लागि शीतल निवासमा एक विशेष समारोहको आयोजना गरिएको छ ।

संसदमा विश्वासको मत लिन नसकेर पदमुक्त भएका ओलीलाई राष्ट्रपति भण्डारीले ३ दिनपछि पुनः प्रधानमन्त्री नियुक्त गरेकी हुन् । अब ओलीले ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनु पर्नेछ ।

बहुमतीय सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको समय सोमवार सकिएपछि नयाँ प्रक्रिया अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् । राष्ट्रपतिले दिएको समयमा विपक्षी गठबन्धनले सरकार बनाउन प्रयास गरेपनि संख्या नपुगेपछि अन्ततः पछि हटेका थिए ।

 

​२०७४ साल फागुन ३ गते माओवादी केन्द्रको समर्थनमा ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बनेका थिए । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिन कोशिष गरेका थिए । तर, विश्वासको मत नपाएपछि उनी मदमुक्त बनेका थिए ।

यसैबीच ओली बिहीबार नयाँ प्रक्रियाबाट प्रधानमन्त्रीमा नियुक्त भएसँगै यसअघिको मन्त्रिपरिषद्का सदस्यहरु पदमुक्त भएका छन् ।

आज शपथ लिएपछि ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने एमाले स्रोतले बतायो । यसअघिको मन्त्रिपरिषद्का सदस्य रहेका अधिकांश दोहोरिने स्रोतले बतायो । गृहमन्त्रीमा रामबहादुर थापा, अर्थमन्त्रीमा विष्णु पौडेल, परराष्ट्र मन्त्रालयमा सहित अधिकांश मन्त्रीले पुरानै जिम्मेवारी पाउने सम्भावना छ । केही नयाँ अनुहार पनि समेटिने सम्भावना छ ।

सांसद पद गुमेका पूर्व माओवादी पृष्ठभूमिका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरी फेरि मन्त्री बन्ने छन् । संघीय संसदको सदस्य नभएको व्यक्ति ६ महिना भन्दा मन्त्री बन्न नपाउने संविधानमा व्यबस्था छ ।

ओलीलाई समर्थन गरेको जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्ष सरकारमा जान चाहेमा उनीहरुलाई पनि सरकारमा सहभागि गराइने एमाले स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + = 13