प्रभुको इशारामा ओली सहमतिको नाटक गर्दैछन् : झाक्री

राष्टिय

काठमाडौं । नेकपा एमालेकी नेतृ तथा सांसद रामकुमारी झाक्रीले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता बचाउने भन्दै आज थालेको प्रयासलाई प्रभुको इशारामा हुन लगेको आरोप ल्गाएकी छन् ।

ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्न नहुने भन्दै नेतृ झाक्रीले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा अहिले सहमतिको प्रयास गर्न खोजिएको जस्तो गरिएको जनाएकी छन् ।

 

ठोस प्रस्ताव बिना संवादको अर्थ नहुने भन्दै आक्रोशित बनेकी उनले लेखेकी छन, `जनता, लोकतन्त्र र संविधानको रक्षाको लागि हाम्रो अगाडी एक मात्र बिकल्प हो बिद्रोह ।´

 

सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै झाक्रीले आत्मसमर्पणले कम्युनिष्ट आन्दोलन विसर्जन हुने हुनाले सचेत बन्न उनले आग्रह समेत गरेकी छन् ।

आज अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच छलफल चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

72 − 68 =