विपक्षीलाई दाैडाई-दाैडाई नचाई-नचाई ओलीले हात पारे प्रधानमन्त्रीको कुर्सी

राष्टिय

काठमाडौँ । प्रतिनिधिसभा विश्वास गुमाएको ७२ घन्टामै अनेक राजनीतिक दाउपेच तथा सत्ताधारी एमालेको असन्तुष्ट पक्षसँगको वार्तापछि केपी शर्मा ओली फेरि सत्तारोहणको वातावरण बनाउन सफल भएका छन्।

माधव नेपाल नेतृत्वको असन्तुष्ट पक्षसँग क्याप्टेन रामेश्वर थापाको बुढानिलकण्ठस्थित निवासमा भएको वार्तामा नै सामूहिक राजीनामाको बिहीबारको समय गुज्रेपछि संविधानको धारा ७६ (२) अन्तर्गत शेरबहादुर देउवा वा अन्य कसैको नेतृत्वमा राष्ट्रपति विद्यादेवी भण्डारीले तोकेको समयसीमाभित्र सरकार गठनको दाबी पेश गर्ने सम्भावना नरहेको संविधान तथा संसदीय मामिलाका जानकारहरुले बताएका छन्।

‘अब माधव नेपाल पक्षले सभामुख समक्ष राजीनामा बुझाए पनि त्यो भोलिबाट मात्र लागू हुनेछ। आज राति ९ बजे अर्थात राष्ट्रपति तोकेको समयसीमासम्म प्रतिनिधिसभाको सदस्य संख्या २७१ नै रहने र त्यसको न्यूनतम ५१ प्रतिशत अथवा न्यूनतम १३६ को समर्थन देउवालाई प्राप्त हुने छैन,’ संसद सचिवालयका पूर्व महासचिव सूर्यकिरण गुरुङले बताए।

राति ९ बजे राष्ट्रपतिले दिएको म्याद समाप्त हुनेबित्तिकै सबभन्दा ठूलो दलको नेताका रुपमा केपी ओलीलाई धारा ७६ (३) अन्तर्गत कुनै पनि समय शपथ गराउने मार्ग प्रसस्त भएको पनि जानकारहरु बताउँछन्।

राति ९ बजे राष्ट्रपतिले दिएको म्याद समाप्त हुनेबित्तिकै सबभन्दा ठूलो दलको नेताका रुपमा केपी ओलीलाई धारा ७६ (३) अन्तर्गत कुनै पनि समय शपथ गराउने मार्ग प्रसस्त भएको पनि जानकारहरु बताउँछन्।

ओलीले बिहीबार बिहानै माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फुकुवा गरी आफू पार्टी एकताका लागि लचकदार भएको र पूर्ववर्ती कठोर अडान त्यागेको संकेत दिएका थिए।

त्यसपछि नै चार बजेभन्दा पहिला नै सबै कुरा छिनोफानो गर्ने र वार्ता सफल नभए सिधै राजीनामा गरी आजै संसद सदस्यताबाट मुक्त हुने योजना बनाएका असन्तुष्ट पक्षले क्याप्टेन थापाकै घरमा अलमल गरिराखे ५ बजेपछिसम्म पनि।

‘वार्ता नमिले भोलि पनि राजीनामा दिन सक्छन् तर भोलिको राजीनामा र आज राति ९ बजेबीचको समय उनीहरुले गुमाएको अवसर साबित हुने स्रोतले बतायो।

धारा ७६ (३) अन्तर्गत ओलीले एक महिनाभित्र संसदमा बहुमत साबित गर्नुपर्ने भए पनि त्यसबीचमा संसद विघटनदेखि जनता समाजवादी दल तथा अन्य पक्षसँग समर्थन खोज्ने विकल्प पनि ओलीका लागि खुला रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 3 =