बेलायतको स्थानीय चुनावमा दुई नेपालीमुलका उम्मेदवार विजयी

राष्टिय

काठमाडाैं । बेलायत बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा दुई जना नेपालीमुलका उम्मेदवार विजयी भएका छन्। शुक्रबार आएको मत परिणाममा अनुसार अल्डरसट क्षेत्रमा जीव बेल्वासे र नेम थापा निर्वाचित भएका हुन्। बेल्वासेले कन्जरभेटिभ पार्टीबाट उम्मेदवारी दिएका थिए।

रश्मोर बरोको वेलिङटन वडामाका उम्मेदवार बेल्वासे ५ सय ८७ मत प्राप्त गर्दै विजयी भए। यस्तै रश्मोर बरोको फार्नबरो चेरिवुड वडामा कन्जरभेटिभ पार्टीबाटै उम्मेदवारी दिएका नेम थापा ८ सय ९८ मत प्राप्त गर्दै विजयी भएको जनाइएको छ।

गत मंगलबार लन्डनस्थित हन्स्लो बरोको ५६ औं मेयरका रुपमा निर्वाचित भएपछि विष्णुबहादुर गुरुङ अहिले बधाइ ग्रहण र काउन्सिलमा नयां रणनीति बनाउन व्यस्त छन् ।उनी भूतपूर्व गोर्खा हुन् । गोर्खाहरुको हकअधिकारका लागि विभिन्न संगठन आन्दोलनरत रहेका बेला मेयर गुरुङले गोर्खा मुद्दा मैदानमा उत्रेर भन्दा राजनैतिक पहलबाट नै समाधान गरिनुपर्ने सुझाएका छन् ।

स्थानीय राजनीतिक पार्टीहरुसंग सहकार्य गरेर आफ्नो आवाजलाई बलियो र प्रभावकारी बनाउन सकिने उनले बताए । लामो समयदेखि विभिन्न माग राख्दै आन्दोलनरत भूतपूर्व गोर्खा सत्याग्रह संघर्ष समितिले गोर्खा समस्याबारे निर्णायक वार्ताका लागि मंगलबार भोक हड्तालको चेतावनीसहित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई ‘अल्टिमेटम’ पत्र पठाइसकेको छ ।

गैरआवासीय नेपाली संघले पनि स्थानीय नागरिकहरुको हक हितमा विशेष जोड दिनुपर्ने र स्थानीय प्रोटोकल र पोलिसीलाई पनि ध्यान दिनुपर्ने गुरुङले बताए । एनआरएनए नेपालीहरुको मुख्य संस्था भएकाले विश्वभर छरिएर रहेका नेपालीप्रति थप उत्तरदायी हुनुपर्ने उनको धारणा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 88 = 89