२३ वर्षमा लागिन् सुहाना, अमेरिकामा मनाइन् जन्मदिन

कला / मनाेरञ्जन

चलचित्र ‘ए मेरो हजुर ३’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका सुहाना थापा आजबाट २३ वर्षमा प्रवेश गरेकी छिन् । उनले आफ्नो जन्मदिन अमेरिकामा मनाएकी छिन् ।

सुहाना आमा झरना थापा र पिता सुनिलकुमार थापाको साथमा केही दिन अगाडि मात्र अमेरिका उडेकी थिइन् । उनले सुनिल र झरनाको साथमा जन्मदिन मनाएकी छिन् ।

चलचित्र ‘ए मेरो हजुर ४’को छायांकनका लागि केही महिना अगाडि मात्र सुहाना नेपाल आएकी थिइन् । यो चलचित्रको ३ चरणमा छायांकन गरिएको थियो । भदौ १८ गते यो चलचित्र रिलिज हुने तयारी थियो तर कोभिडका कारण के हुने अनिश्चित छ ।

चलचित्र ‘ए मेरो हजुर ३’मा काम गरेपछि दर्शकको मन जितेकी सुहानाको माग चलचित्र क्षेत्रमा उच्च छ । तर, सुहानाले भने तत्काल आफ्नो घरको चलचित्र भन्दा बाहिरको ब्यानरमा काम गर्ने सोच बनाएकी छैनन् । आफू आफ्नै घरको चलचित्रबाट निखारिएपछि मात्र बाहिरी ब्यानरको चलचित्रमा काम गर्ने सोच राखेको बताउँछिन् ।

सुहाना अध्ययनका क्रममा लामो समयदेखि अमेरिकामा रहँदै आएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + = 9