आफू भन्दा धनी केटी लभ पारेर बिहे गर्दा यस्तो बिजाेग, छोरा बोकेर श्रीमान रूँदै मिडियामा

समाज

सामाजिक सञ्जाल खासगरी युट्युवमा पारिवारिक कलहका अनेक काण्डहरू खुबै भाइरल हुने गरेका छन् । वर्षाैदेखि वा लामाे समयदेखि कुण्ठीत भावनाहरू र बेदनाहरू अब युट्युवरहरूसँग धेरैले पाेख्न थालेका छन् । उसै त अरूकाे दुःखकाे रमिता हेर्न पल्केकाे याे समाज अनि दुनियाँका अगाडी रमिता देखाइरहेकाहरू रातारात भाइरल भइरहेका छन् । कतिपय त यस्ताे लाग्छ भाइरल हुनकै लागि नै यसरी मिडियामा खुल्ने गरेका छन् । हुन त उनीहका पीडा कस्ताे महसुश भइरहेकाे छ भन्ने कुरा उनीहरू नै जानून् ।

पारिवारिक कलह खटपट किन आइरहेका छन् त्यसकाे समाधान वा निराकरणकाे बाटाे न्यायकाे बाटाे के हुन सक्छ ? स्थानीय सरकारले गाउँ समाज र परिवारका सामान्य झैझगडा मिलाउन भन्दै न्यायिक समिति पनि बनाएकाे छ तर पीडित भनिएकाहरू न्याय खाज्न युट्युव र मिडियाका विश्वास बढी गर्छन् ।

तपाईंको दाम्पत्य जीवन सुखमय छ । खुसीसाथ दुबैले दाम्पत्य जीवन भोग गरिरहनुभएको छ । एकआर्काको भावना बुझ्नुभएको छ । आपसी साथ र सहयोगबाट घर-व्यवहार चलाउनु भएको छ । सबै कुरा ठिकठाक छ । यस किसिमको सम्बन्ध कायम गर्न के कुरा चाहिएला ?

विश्वास, प्रेम, सद्भाव, सहयोग । हो, दाम्पत्य सुखका आधार हुन् यी । तर, यसमध्ये कुनै एक तत्वमा मात्र गडबडी भएमा तपाईंको दाम्पत्य उस्तै रहँदैन, जस्तो हिजोको दिनमा थियो । तपाईंको खुसी लुटिन्छ । तपाईको सुख हरण हुन्छ । तपाईंको सम्बन्ध दुई चिरा पर्छ । हिजोसम्म हाँसीखुसी बिताइरहेको दाम्पत्य जीवनमा आज अचानक कालो बादल मडारिन थाल्छ । किन यस्तो हुन्छ ? के घर-परिवारले गर्दा ? सत्रुले गर्दा ? छिमेकले गर्दा ?

होइन, तपाईं भित्रकै कुरुप तत्वले गर्दा । त्यो तत्व हो, अविश्वास । श्रीमान श्रीमतीबीचको सम्बन्ध विश्वासमा टिकेको हुन्छ । जबसम्म विश्वास हुन्छ, तबसम्म माया हुन्छ, एकअर्का बीच प्रेम हुन्छ, सहकार्य हुन्छ ।

जब विश्वास टुट्छ, माया, प्रेम, सहकार्य सबै टुट्छ । बाँकी रहन्छ त केवल शंका । र, शंकाले व्यक्तिलाई त जलाउँछ नै, सिङ्गो परिवारलाई समेत खरानी बनाउँछ ।

किनभने जुनसुकै बैवाहिक सम्बन्ध पनि माया र विश्वासमा टिकेको हुन्छ । मायाले वैवाहिक जीवनलाई स्थित बनाउनुका साथै भावनात्मक रुपमा सुरक्षित तुल्याँछ । त्यस्तै, विश्वासले जीवनलाई अर्थपूर्ण बनाउनुका साथै सुयोग्य बनाउँछ ।

त्यसैले त, माया र विश्वास वैवाहिक जीवनसित अन्तरनिहित हुन्छन् । र, यी दुईको अभावमा वैवाहिक जीवन रमाइलो पनि हुँदैन । त्यसैले पनि जीवन जीउन तथा वैवाहिक सम्बन्धलाई सुमधुर बनाउन पनि प्रत्येक दम्पतीलाई माया र विश्वासको खाँचो पर्छ ।

यसका बाबबुद पनि श्रीमान वा श्रीमतीबीच विश्वास भएन भने ? एक अर्काप्रति शंका उत्पन्न भयो भने ?

विभिन्न अनुसन्धानहरुले जनाए अनुसार कसैमाथि शंका गर्नु खासै ठूलो समस्या हैन । तर कुनै भविष्यमा उत्पन्न हुनसक्ने समस्याको भने पहिलो खुड्किलो बन्न सक्छ । यस्ता शंकाको समयमै उपचार नगरेको खण्डमा यस प्रति मानिसको विश्वास बढ्न थाल्छ । जसले गर्दा आˆनै साथीप्रति अविश्वास पैदा हुनसक्छ ।

त्यसपछि त्यही अविश्वास तनाव तथा चिडचिडापनमा बदलिएर मनमा डर पैदा हुनसक्छ । कहिलेकाही यस किसिमको तनाव शारीरीक रुपमा पनि देखिने गर्छ । यसले एकातिर मानसिक समस्या पैदा गर्नुका साथै अर्कोतिर सम्बन्धमा समेत असर पार्छ ।

र शंका जोसुकैको मनमा पैदा हुनसक्छ । यसले लिङ्गभेद गर्दैन । जबकी हाम्रो समाजमा महिलाहरुलाई मात्र शकांलु नजरले हेरिने गर्छ । जबकी यर्थाथ यही हो कि पुरुषहरु पनि शंकालु हुुन्छन् । फरक यति हो कि महिलाहरुले शंका गरेको त देखिन्छ तर पुरुषहरुको देखिदैन । आखिर किन ? किन महिला तथा पुरुषहरुले एक अर्कालाई शंका गर्छन् ?

यसै क्रममा बन्धिपुरका एक युवक पोखरामा कामको सिलसिलामा पुगेका हुन्छन । सोहि क्रममा पोखराकै एक युवतीसङ उनको प्रेम बस्छ र बिवाह हुन्छ । बिवाह पछि उनीहरुको बिचमा खटपट भने नभएको होइन ।

बिवाह पछि उनले बच्चा जन्माउन किन नै पर्यो र भन्ने सम्मका कुरा हुन्थे । यदि बच्चा नै भएन भने पनि ठिकै छ भोलि सम्पति कमाइएछ भने पनि दाइ भाइको छोराछोरीले खालान सम्पति सम्मका कुरा हुन्थे । यसै क्रममा ५ बर्ष पछि छोराको जन्म भयो । परिवारमा खुसियाली छायो ।

परिवार खुसियालीका साथ चल्दै थियो तर अहिले यी दुवैको जिन्दगीमा कालो बादल छाएको छ । छोरालाई काख च्यापेर आफ्ना पीडाहरु सुनाउन मिडियासामु आएका छन् । आफु भन्दा धनि युवती संग बिवाह गर्दा यस्तो पिडा भोगेको उनि बताउछन बाँकि तलको भिडियोमा हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 71 = 76