कोरोना संक्रमित महिलाले जन्माईन् स्वस्थ बच्चा

राष्टिय

नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमित भएकी एक जना महिलाले स्वस्थ बच्चा जन्माएकी छिन्। सुर्खेत, भेरीगंगा नगरपालिका ११ बस्ने २२ वर्षीया महिलाले बच्चा जन्माएकी हुन्। नेपालगन्ज मेडिकल कलेजका उपनिर्देशक डा. नितेशकुमार कनोडियाका अनुसार महिलालाई तीन दिनदेखि ज्वरो आएको थियो।

‘मेडिकल कलेजमा बुधबार पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो, आज बिहान ७ बजेर ३५ मिनेट जाँदा महिलाले बच्चा जन्माईन्,’ उनले भने। अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको डा. कनोडियाले बताए।

जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले कोरोना संक्रमणबाट धेरैजसो व्यक्तिको अवस्था गम्भिर भइरहेको अवस्थामा कोरोना संक्रमित महिलाले स्वस्थ बच्चा जन्माउनु सुखद पक्ष भएको बताएका छन्।

याे पनि समाचार 

कोभिड– १९ बाट सङ्क्रमित बिरामीलाई बेडसिफ्ट गरेर उपचारका लागि काठमाडौंबाट मोफसल ल्याउन थालिएको छ ।

काठमाडौंमा सङ्क्रमित भएका नरप्रसाद उप्रेतीलाई हेलिकप्टरमार्फत उपचारका लागि झापा ल्याइएको छ ।

काठमाडौंको ह्याम्स हस्पिटलबाट बेडसिफ्ट गरेर सिम्रिक एयरको हेलिकप्टरबाट बुधबार अपराह्न ५स्४५ बजेतिर उनलाई बिर्तामोडको बीएन्डसी अस्पतालमा ल्याइएको हो ।

अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले काठमाडौंमा सङ्क्रमितको चाप बढेपछि उप्रेतीलाई बेडसिफ्ट गरिएको परिवारका सदस्यको भनाइ उद्धृत गर्दै बताए ।

झापाको शिवसताक्षी नगरपालिका– ८ स्थायी घर भए पनि उप्रेती काठमाडौंमा बस्दै आएका थिए। उनलाई आइसियुमा राखेर उपचार थालिएको गिरीले जानकारी दिए ।

बीएन्डसी अस्पतालमा हाल कोभिडको उपचारका लागि २५ शय्याको छुट्टै आइसोलेसन वार्ड सञ्चालनमा छ । अहिले पाँच कोभिड(१९ का सङ्क्रमितको उपचार भइरहेको छ । बिरामीको चाप बढेमा आइसोलेसनको क्षमता बढाइने गिरीले बताए ।

‘राजधानीमा सङ्क्रमितको चाप यति बढ्दै गएको छ कि शय्या पाउन पनि मुस्किल हुँदै गएको अवस्था छ’, गिरीले भने, ‘बीएन्डसीमा कोरोना सङ्क्रमित र अरू बिरामीलाई सुरक्षित उपचार गर्न भिन्नाभिन्नै ब्लक सञ्चालनमा ल्याएका छौं । काठमाडौंबाट अरू सङ्क्रमितले समेत बेडसिफ्ट गरेर आउनका लागि सम्पर्क गरिरहनु भएको छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 6 =