सच्चा प्रेमका यी ७ निशानी थाहा पाइराख्नुस्

राेचक समाज

हरेक मानिसले आफ्नो जीवनमा कसैनकसैसँग त प्रेम गर्छ नै । सबैको चाहना हुन्छ कि उसलाई जीवनमा कोही सच्चा प्रेम गर्ने मिलोस र जीन्दगी खुशीसाथ बिताउन पाइयोस् । संसारमा मायाँका कैयौ उहाहरणहरु पनि छन् । रोमियो जुलियट, लैला मजनु, मुनामदन जस्ता कैयौ प्रेम कहानीहरु छन् । यी कहानी बाहेक वास्तविक जीवनमा पनि थुप्रैका प्रेरणदायी कहानीहरु छन् होला ।

आज हामीले यहाँ सच्चा प्यारका ७ निशानीका बारेमा चर्चा गर्दै छौँ । यदि तपाईँ पनि कसैलाई सच्चा मायाँ गर्नुहुन्छ भने पक्कै पनि तपाईँमा यी ७ गुण पाउनु हुनेछ । अथवा कसैले तपाईलाई मायाँ गर्छ भने पनि उसका ब्यवहारमा यी ७ गुण पाउनुहुनेछ । एक पटक ध्यान दिनुहोला । आज हामीले यहाँ चर्चा गरेका निशानी दुबै प्रेमी प्रेमिकामा हुनु जरुरी छ ।

१) सच्चा प्यार सधै अनकन्डिसनल हुन्छ
सच्चा प्यार जहिले पनि अनकन्डिसनल हुन्छ । त्यहाँ जहिले पनि मायाँ नै पहिलो प्राथमिकतामा पर्छ । मायाँ बाहेक अरु केही पनि आशा गरिएको हुँदैन । यसको हालत वा हैसियत हेरेर प्रेम गरिदैन । निशर्त मायाँ । कतिपय सम्बन्धहरुको शुरुवात नै सर्तहरुबाट हुन्छ । तिम्रा लागि गर्छु ऊ गर्छु वा गर्न सक्दिन जस्ता सर्तहरुबाट शुरु भएको सम्बन्ध धेरै लामो समय चल्न सक्दैन ।

२) तपाईँलाई बाध्य पार्दैन
सच्चा मायाँ गर्नेले कहिल्लै पनि तपाईँलाई कुनै पनि कुरामा बाध्य पार्दैन तपाईँको इच्छाबिपरित जोडजबरजस्ती गर्दैन । जहिले पनि तपाईँको सम्मान गर्छ । तपाईँको खुशीमा नै आफ्नो खुशी देख्छ ।

३) हरेक कुराहरु सेयर गर्छ
एक सच्चा प्रेमी आफ्नो मनको कुरा कहिल्लै पनि मनमा दबाएर राख्दैन सधै तपाईँसँग सेयर गर्छ । कतिपय मानिसकोहरुको स्वभाव नै मनमा कुरा गुम्साएर राख्ने हुन्छ, सानासाना कुराहरुमा पनि बिभिन्न खालका शंका उपशंकाहरु उब्जने यहीबाट सम्बन्धमा दरार आउन सुरु हुन्छ । त्यसैले मनमा लागेका तितामिठा कुरा सेयर गर्नुपर्छ ।

४) आफ्नो भन्दा बढी ख्याल राख्छ
सच्चा मायाँ गर्नेले जहिले पनि तपाईँको ख्याल राख्छ । ध्यान दिन्छ । तपाईँको खुशीमा खुशी र दुःख सहानुभुती प्रकट गर्छ । हरेकको चाहना पनि यही हुन्छ कि प्रेमीले आफ्नो ख्याल गरोस वा प्रेमिकाले ख्याल गरेको केयर गरोस् । साना साना कुराहरुले पनि मायाँ बढाउनमा निकै ठूलो भूमिका खेलेको हुन्छ । तपाईलाई सम्मान गर्छ, कहिल्लै पनि तपाईँलाई निचा देखाउने छैन । सानो होस वा ठूलो कुनै पनि निणर्य लिनुपर्दा एकअर्कामा सल्लाह गर्ने गर्छ ।

५) तपाईँको इच्छा बिपरित कुनै पनि कुरामा दबाव दिँदैन
सच्चा प्रेमी तपाईँको इच्छा चाहनाको हमेसा सम्मान गर्छ । तपाईँको खुशीका लागि उसले आफ्नो कुनै पनि कुरामा दबाब सिर्जना गर्दैन । तपाईलाई मन नपर्ने कुरा छ भने त्यस कुरामा कहिल्लै पनि बल गर्दैन ख्याल गर्नुस् । सच्चा प्रेमी खुशीमा मात्र होइन तपाई दुःख र तपाईँलाई जरुरत परेको समयमा सधै तपाईँको साथमा हुनेछ । उसले तपाईलाई आफ्नो पनको आभाष दिलाउने छ ।

६) भविश्यका योजना सँगै बनाउँछ
सच्चा प्रेमीले आफ्नो भविश्यको योजनामा सधै तपाईलाई साथ लिएर हिड्छ, वा सोंच्छ । सल्लाह गर्छ । कि जीवनभर तपाईँ उसको साथमा रहनुहुनेछ । मायाँको नाटक गर्नेहरु अथवा झुटो माया गर्नेहरु कहिल्लै पनि भविश्यका योजना बनाउँदैनन् । उनीहरुले भविश्यका कुरा आयो कि अनेक बहाना बनाएर टाल्ने गर्छन् ।

७) लोयल हुन्छन्, कहिल्लै धोका दिँदैनन्
सच्चा प्रेमी सबै लोयल हुन्छन् । कुनै पनि अवस्थामा तपाईलाई धोका दिँदैनन् । चाहे तापाईँको अवस्था जस्तो सुकै किन नहोस् ।
अन्तमा सच्चा प्रेमी/प्रेमिका खोज्जेअरु संसारमा धेरै छन् । त्यसरी सच्चा प्रेम जोडीको खोजिमा पहिला आफै सच्चा प्रेमी बन्न सिक्नुस् । नत्र त संसारमा भौँतारिने मात्र हो तपाईँ नै सच्चा मायाँ गर्न जान्नु भएन भने खोज्नेले कहाँबाट सच्चा मायाँ पाउँछ र ? स्वार्थी दुनियाँमा सच्चा प्यार पाउनै मुस्किल छ । त्यसैले पहिला आफू सच्चा हुनुस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 3 =