हामीले बहनायाैँ हाम्राे धरहरा (फाेटाे फिचर)

राष्टिय

काठमाडौं । २०७२ सालको महाभूकम्पमा ढलेको धरहराको पुनर्निर्माण सकिएको छ ।

‘मेरो धरहरा : म बनाउँछु’ भन्ने अभियानअन्तर्गत सुरु भएको धरहरा निर्माण कार्य सम्पन्न भएको छ । सरकारको सम्पूर्ण लगानी रहेको धरहरा निर्माणमा हरेक नेपालीको श्रम र पसिनाको स्वामित्व छ । त्यसैले सबै नेपालीले गौरवका साथ भन्न सक्छौँ, “हामीले बनायौँ, हाम्रो धरहरा ।”

सुनको जलपले टिलिक्क टल्किने गजुरसहितको धरहरा २०७२ सालको भूकम्पले ढलेको ठ्याक्कै छ वर्षपछि ठडिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको धरहरा उहाँले नै शनिबार उद्घाटन गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले २०७४ फागुन ४ गते धरहराको ठूटो छेउमा उभिएर ऐतिहासिक धरोहर पुनर्निर्माण सङ्कल्पअन्तर्गत ‘मेरो धरहराः म बनाउँछु’ भन्ने अभियानको घोषणा गर्नुभएको थियो । अभियानमा मुलुकभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीलाई सहयोग गर्न आह्वान गर्नुभएको थियो ।

उहाँले भन्नुभएको थियो, ‘‘म भन्छु धरहरा हरेक नेपालीले बनाउनेछन् । एक एक नेपालीले बनाउनेछन् । मैले बनाउँछु, धरहरा म निर्माण गर्छु भन्ने नाराअन्तर्गत हामी आर्थिक सङ्कलन गर्नेछौँ । त्यसका लागि छुट्टै खाता खोलिनेछ र धरहरा निर्माण हुनेछ ।’’ ‘‘धरहरा म बनाउँछु, हामी बनाउँछौँ । हरेकको पसिना र मिहिनेतले धरहरा बन्छ,’’ उहाँले भन्नुभएको थियो । यस कामका निम्ति प्रधानमन्त्री ओलीले तत्काल बैङ्क खाता खोल्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिनुभएको थियो ।

 
 
 
 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *