विवाह गर्न जन्म दर्ता वा नागरिकता अनिवार्य

समाचार

रुकुम पश्चिम । जिल्लाका पुरोहित, पुजारी र पास्टरहरूले विवाहको लगन हेर्नुपूर्व एउटा सर्त पालना गर्नुपर्ने भएको छ । उनीहरूकहाँ विवाहका लागि लगन हेराउन गएकाहरूले जन्मदर्ता वा नागरिकता अनिवार्य रूपमा ल्याउनुपर्ने नियम बनाइएको हो । अब उनीहरूले जन्ममिति प्रमाणित भएको कागजात हेरेर मात्र लगन जुराउन पाउनेछन् ।

जिल्ला प्रहरी कार्यालयमा शुक्रबार आयोजित बाल विवाहविरुद्धको कार्यक्रममा सरोकारवालाहरूले विवाहका लागि जन्मदर्ता र नागरिकता अनिवार्य गर्ने निर्णय गरेका हुन् । कार्यक्रममा व्यानर लेख्ने, विवाहको कार्ड छाप्नेहरूका लागि पनि नियम बनाइएको छ । उनीहरूले पनि विवाह गर्ने केटा र केटीको जन्मदर्ताको कागज हेेरेर मात्र व्यानर वा कार्ड छाप्न पाउनेछन् ।

प्रहरीले बढ्दो बालविवाह रोक्नका लागि विवाहका लागि मुख्य सरोकारवालालाई सचेत गराएको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

54 − 46 =