पर्सी चैते दशैं, सार्वजनिक बिदा [ सूचना सहित ]

समाचार

काठमाडाैं। वैशाख ७ गते मंगलबारका दिन परेको चैते दशैँका अवसरमा कर्णाली प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को २०७७ जेठ १२ गते बसेको बैठकले चैत शुक्ल अष्टमी (चैते दशैं) को अवसरमा मंगलबारका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्था विदा हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

चैते दशैं

चैत्र महिनामा पर्ने दशैं तथा नवरात्रीलाई चैते दशैं भनिन्छ । यसमा पनि दशैंको जस्तै पूजापाठ, चण्डीपाठ, बाजागाजा बज्ने गर्छन् । नेपाली चाडपर्वमा चैते दशैंको पनि महत्त्वपूर्ण स्थान रहेको छ । नेपाल भरिमा चैते दशैं विभिन्न ठाउँमा मनाइने गरिन्छ । तीमध्ये बागलुङ जिल्लाको देवीस्थानमा मनाइने चैते दशैंको आफ्नै विशेष स्थान रहेको छ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रूपमा लिइने दशैं हिन्दुधर्मावलम्बीहरूले वर्षमा दुइपटक मनाउने गर्दछन् ।

असोजमा मनाईंने दशैंलाई बडादशैको रूपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दशैंलाई चैते दशैं ।चैते दशै पर्वको अवसरमा देवीमन्दिर तथा घरघरमा दुर्गा सप्तशती, देवी भागवत कालिकापुराण लगायत देवी महिमायुक्त ग्रन्थको वाचन गर्ने गरिन्छ । एक वर्षमा चैत र असोज महिनामा गरी दुई पटक पुज्ने दुर्गा पूजाको हिन्दु धर्म शास्त्रहरूमा विशेष महत्त्व रहेको उल्लेख गरिएको छ ।हिन्दु धर्मालम्वीहरूले आज चैते दशै मनाएर भोलि विशेष उत्सवको साथ राम नवमी पर्व मनाउने गरेका छन् ।

दशैं अर्थात् नेपालीहरूको महान चाड अनि नवरात्रिका रूपमा प्रसिद्ध सांस्कृतिक महत्त्व बोकेको पर्व । यो चैते दशैं पनि असोज कार्तिकमा आउने मुख्य दशैंको एउटा प्रतिबिम्ब चाड हो । पुराना कथनहरुका अनुसार पहिले पहिले मुख्य दशैं चैतमा पर्ने गर्दथ्यो तर उक्त समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली साथै दशैंको गरिष्ठ भोजन अनि हिँडडूलले धेरैजना बिरामी परेपछी दशैंलाई वर्षको मध्यमा सारीएको मान्यता छ ।

जे होस् जसो होस्, चैते दशैंको रौनक पनि कम छैन् । चैते दशैंलाई कतिपय ठाँउमा सानो दशैं भन्ने चलन पनि छ भने भारत, बङ्गलादेश अनि म्यानमारमा चैते नवरात्रि भन्ने चलन पनि छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 5