काठमाडौँ। लोक सेवा आयोग सुदूरपश्चिम प्रदेशले स्वास्थ्य सेवा अन्तरगत स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । चौथो तह प्राविधिकतर्फ आयोगले खुला तथा समावेशीतर्फ कूल २६६ पदका लागि आवेदन आह्वान गरेको हो ।
३०० रुपैयाँ दस्तुरसहित असार ७ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ । अनलाइन माध्यमबाट फारम भर्न सकिनेछ ।
हेर्नुस पूरा विज्ञापन !
कृषि मन्त्रालयद्वारा ६३ जना कर्मचारी माग (सूचनासहित)
बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एकै पटक ६३ जना कर्मचारी माग गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालयले करारमा नियुक्त गर्ने गरी अधिकृत र सहायक स्तरका गरी ६३ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो ।
मन्त्रालयले अधिकृत सातौँ स्तरका मात्र ३० जना कर्मचारी माग गरिएको छ भने सहायक स्तरका पाँचौँ तहका ३३ जना कर्मचारी माग गरेको छ । मन्त्रालयले पशु सेवा अधिकृत सातौँ स्तरका २० जना, कृषि विकास अधिकृत सातौँ स्तरका १० जना र पशु स्वास्थ्य प्राविधिक सहायक स्तर पाँचौँका ३३ जना माग गरेको छ ।
बढ्दै गएको बर्डफ्लुसहित अन्य रोगहरूको नियन्त्रण, कृषि क्षेत्रमा अपुग प्राविधिक कर्मचारी पूर्ति कृषकका कामलाई प्रभावकारी बनाउने उद्देश्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको मन्त्रालयले जनाएको छ ।
सूचना !
कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, प्रश्नपत्र अनलाइनबाटै
राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । सोमबारदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो ।
सोमबार बिहान ८ बजेदेखि सुरु हुने परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी हुने जानकारी दिँदै बोर्डका अध्यक्ष डा शर्माले देशभरका एक हजार २९२ केन्द्रमा परीक्षा सञ्चालन हुने बताउनुभयो ।
उहाँका अनुसार ७७ जिल्लाकै सबै केन्द्रमा परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाइनेछ । परीक्षा केन्द्रले प्रश्नपत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्नेछ ।
विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय (होम सेन्टर)मा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्नपत्र पठाउने व्यवस्था गरेपछि यस वर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाउने व्यवस्था गरिएको हो ।
तीन घण्टा सञ्चालन हुने परीक्षालाई शान्तिपूर्ण, मर्यादित, व्यवस्थितरुपमा सम्पन्न गर्न बोर्डका अध्यक्ष डा शर्माले सबै सरोकारवाला निकाय तथा आमनागरिकमा आह्वान गर्नुभएको छ ।
यसैबीच कक्षा ११ को परीक्षा पनि सोमबारदेखि नै सञ्चालन हुने भएको छ । कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्न पाउने व्यवस्था गरिएकोले अधिकांश विद्यालयले भोलिदेखि नै परीक्षा सञ्चालन गर्ने भएका हुन् ।