मधेश प्रदेशमा मंगलबार सार्वजनिक बिदा

राष्टिय समाचार समाज

काठमाडौँ । नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले मंगलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ ।

सोमबार प्रदेश सभामा मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले माघ ४ गते सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।

याे पनि पढ्नुस्

प्रदेश २ को नाम मधेश राखिएको छ। सोमबार प्रदेश सभाको दुई तिहाइभन्दा बढी मतले मधेश नाम पारित गरेको हो।

प्रदेश सभामा भएको मतदातामा दुई तिहाइभन्दा बढी मतबाट मधेश प्रदेशको प्रस्ताव पारित भएको सभामुख सरोजकुमार यादवले घोषणा गरेका छन्।

सोमबार भएको मतदानमा मधेश प्रदेशको प्रस्तावमा ८० मत परेको थियो। मतदानमा ९९ जना सांसद सहभागी थिए।

सभामुख यादवले प्रस्ताव पारित भएका घोषणा गरे लगत्तै  प्रदेश सभामा ‘जय मधेश’ को नारा लागेको थियो। सत्तारूढ दल जनता समाजवादी पार्टी, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको संयुक्त प्रस्तावमा मधेश प्रदेश पारित भएको हो।

सांसद शैलेशकुमार यादव र भरतप्रसाद साहले प्रदेश २ को नाम मधेश प्रदेश राख्न प्रस्ताव गरेका थिए। यसमा सांसदहरू बबिता कुमारी, रानीकुमारी तिवारी, सावित्रीदेवी साह, जगतप्रसाद यादव र दिलीपकुमार साहले समर्थन गरेका थिए।

जसपा, माओवादी र लोसपाका सांसदले यही प्रस्तावका पक्षमा मतदान गरेका थिए। योसँगै जानकी, मिथिला भोजपुरा र मध्य मधेश प्रदेश पनि प्रस्ताव गरिएको थियो। मधेश नामकरण भएसँगै सभामुख यादवले अन्य प्रस्ताव खारेज भएको घोषणा गरेका थिए।

यसअघि बसेको प्रदेशको बैठकले प्रदेशको राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

44 − 40 =