बजारमा आयो नेपालमै एसेम्बल गरिएका इलेक्ट्रिक याक बाइक

राष्टिय समाचार समाज

काठमाडौं । अटोमोटिभ कम्पनी जैष्णवी ग्रुपले आफ्नो इलेक्ट्रिक बाइक नेपाली बजारमा ल्याएको छ ।

जैष्णवी समूहले अन्य बाइकको तुलनामा धेरै अनौठो विशेषता र ऊर्जाको धेरै कम खपत गर्ने चिनियाँ इलेक्ट्रिक दुईपाङ्ग्रे सवारी उत्पादक कम्पनी बेन्ल्गसँग साझेदारी गर्दै ‘याक बाइक’ नाम दिएर इलेक्ट्रिक बाइक सार्वजनिक गरेको हो ।

यसले सवारीमा इन्धनको प्रयोग कटौती गरी नेपालको पर्यावरणमैत्री सवारीका रुपमा पहिचान बनाउने कम्निस्को विश्वास छ । कम्पनीले ‘स्मार्ट सिटी, स्मार्ट राइड’ भन्ने नाराका साथ इलेक्ट्रिक याक बाइकहरू सार्वजनिक गरेको हो ।

कम आय भएका र बेरोजगार व्यक्तिहरूलाई केन्द्रित गरी ५०० जनासम्मको रोजगारी सृजना र तालिम समेत दिने कम्पनीले घोषणा गरेको छ ।

यो बाइक वातावरणमैत्रीमात्रै नभइ नेपाली पूर्वाधार अनुसार निर्माण र डिजाइन गरिएकाले अद्वितीय ब्रान्डिङ पनि भएको कम्पनीको दाबी छ । जैष्णवी ग्रुपका प्रमुख कार्यकारी अधिकृत जोन खड्का र अध्यक्ष स्मृति पालिखेले विद्युतीय बाइक नेपाली बजारमा ल्याउने यो पहलले नेपालको अर्थतन्त्रलाई टेवा पुग्ने मात्र नभई वातावरण संरक्षणमा समेत सहयोग पुर्याउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 5 = 7