काठमाडाैं । सहरी विकास मन्त्रीका रुपमा रामकुमारी झाँक्रीले सय दिन पूरा गरेकी छन्।
गठबन्धन सरकारमा सहरी विकास मन्त्रालय सम्हालेको सय दिनमा उनले आफ्ना विभिन्न ३७ उपलब्धि सार्वजनिक गरेकी छन्।
सहरी विकास विभागको कार्यालय बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा उनले काठमाडौं उपत्यका भित्र र बाहिर अड्किएका कामहरूलाई तीव्र पारिएको उल्लेख गरेकी छन्।
मन्त्री झाँक्रीले आफ्नो सय दिने कार्यकालमा विभिन्न आयोजनाहरुमार्फत तीन महिनाको अवधिमा ८७ किलोमिटर सडक निर्माण भएको दाबी गरेकी छन्।
त्यस्तै त्यही अवधिमा ९१ किलोमिटर सडकको पक्की नाला पनि निर्माण गरिएको जानकारी उनले दिएकी छन्।
मन्त्री झाँक्रीले विभिन्न समयमा राजनीतिक तथा सामाजिक विवादका कारण रोकिएको जग्गा हस्तान्तरणलाई पनि तीव्र पारिएको बताएकी छन्।
३७ बुँदे उपलब्धिमा उनले मुलुकभरका १२ हजार ६ सय ६० घर परिवारलाई जग्गा हस्तान्तरणको बाटो पनि खोलिएको उनले बताएकी छन्।
यस्ता छन् उपलब्धि