चाणक्य नीति : यस्तो घरमा कहिल्यै पनि हुँदैन लक्ष्मी देवी बास, रहन्छ सधै गरिबी र दुःख

राशिफल राष्टिय वास्तु ज्याेतिष समाज

काठमाडाैं । सुखी र सफल जीवन जिउनका लागि आचार्य चाणक्यले धेरै उपयोगी कुराहरू बताएका छन्। उनले धन कमाउने उपाय बताउदै माता लक्ष्मीको आशीर्वाद सदैव प्राप्त गरिरहन महत्वपूर्ण सल्लाह पनि दिएका छन् ।

महान अर्थशास्त्री आचार्य चाणक्यले यस्ता ५ कुरा बताएका छन्, जसबाट सधैं टाढा रहनुपर्छ किनभने जहाँ यी कुरा हुन्छन्, त्यहाँ मा लक्ष्मीकाे कहिल्यै बास हुँदैन । उनका यी भनाइ आज पनि सान्दर्भिक छन् ।

फोहोर घर र सफा सुग्घर नबस्ने फोहोरी मान्छे

आचार्य चाणक्य भन्छन्, जुन घरमा मानिसहरु फोहोरमै बस्छन् । आफ्नो र घरको सरसफाईमा ध्यान दिदैनन् । माता लक्ष्मी त्यहाँ कहिल्यै बस्नु हुन्न। त्यस्ता घरहरूमा पैसाकाे सधैं अभाब हुन्छ।

झगडा गर्ने घरहरू

सधैं झगडा हुने घरहरूमा पनि लक्ष्मीकाे बास हुँदैन । यदि मानिसहरु एक अर्काको मायामा बस्दैनन् भने त्यहाँबाट माता लक्ष्मी पलायन हुन्छिन् । झगडा गर्ने र घरको माता लक्ष्मीलाई पटक्कै मन पराउँदैनन् । त्यसैले यी घरहरूमा गरिबी बस्छ।

जुन घरमा महिलाको इज्जत हुँदैन

जुन घरमा नारी र ठूलाको सम्मान हुँदैन त्यहाँ माता लक्ष्मीको बास हुँदैन । नारीको इज्जत नगर्ने यस्ता मानिसहरुसँग माता लक्ष्मी क्रोधित हुन्छिन् ।

भगवानको पूजा नगर्ने घर

हिन्दू धर्ममा बिहान र साँझ दुवै समयमा भगवानको पूजा गरिन्छ। जुन घरमा देवताको पूजा हुँदैन, त्यहाँ माता लक्ष्मीको बास हुँदैन । त्यस्ता घरहरूमा नकारात्मकता फैलिन्छ र मानिसहरू गरिबी र दुःखमा बाँच्छन्।

फोहोरले भरिएका घरहरू

धनधान्यकी देवी माता लक्ष्मी जुन घरमा प्रयोग गर्न नसकिने, भत्किएका वस्तु, फोहोर छन्, त्यहाँ पनि बास गर्दैनन् । यी घरहरूमा गरिबी सधैं व्याप्त छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 3 = 3