सुनको भाउ घट्यो

अर्थ / बजार समाचार समाज

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको भाउमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएकोमा सोमबार ३०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको हो ।

सोमबार तेजाबी सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार २६५ रुपैयाँ कायम भएको छ ।

हिजो आइतबार चाँदी प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार भएको महसंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 4 =