एमसीसी पेस गरेर अमेरिकालाई सन्देश दिन संसद बैठक डाकिएको हो

राष्टिय समाचार समाज

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बोर्ड बैठक अर्को साता वासिङ्टनस्थित एमसीसी मुख्यालयमा बस्दैछ। बैठकका ६ वटा एजेन्डामा नेपाल सम्झौता तेश्रो नम्बरमा छ।

अमेरिकाले सो बोर्ड बैठकअघि नै एमसीसी–नेपाल सम्झौता अनुमोदनबारे ठोस निर्णय लिन नेपाल सरकार र संसदभित्र रहेका प्रमुख राजनीतिक दललाई ताकेता गरिरहेको छ। तर, सत्तारुढ गठबन्धन र प्रतिपक्षी दलबीच एमसीसीबारे ठोस सहमति जुट्न सकेको छैन।

एमसीसी बोर्ड बैठककै दिन संसद् बैठक आह्वान गरिएको छ। एमसीसी सम्झौता पेस गर्नकै लागि मंसिर २८ देखि संसदका दुवै सदनको बैठक आह्वान गरिएको देउवा नेतृत्व सरकारमा सहभागि एक मन्त्रीले बताउनुभयो ।

‘प्रधानमन्त्री देउवाले एमसीसी अघि बढाउनेबारे सत्तासाझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अन्य दलसँग पटक–पटक छलफल गरिसक्नुभएको छ। फेरि पनि छलफल हुनसक्छ,’

जसपाका नेता ती मन्त्रीले भन्नुभयो , ‘एमसीसी तत्कालै अनुमोदन हुन नसके पनि संसद् बैठकमा पेस गर्न सकिए अमेरिकालाई सकारात्मक सन्देश प्रवाह गर्न सकिने बुझाइ प्रधानमन्त्री देउवाको छ।’‘संसदमा प्रस्तुत गरेर अमेरिकालाई सकारात्मक सन्देश दिन एमसीसी बोर्ड बैठककै दिन संसदका दुवै बैठक आह्वान भएको हो,’ उहाँले भन्नुभयो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + = 21