के पी ओलीकाे ‘मर्ने दिन’ कुर्दै बामदेव गाैतम, सुन्नुस् बीबीसीसँगकाे अन्तर्वार्ता

राष्टिय समाचार समाज

नयाँ नेतृत्व छान्न नेकपा एमालेको महाधिवेशन चितवनमा हुँदैछ। एमाले पार्टी र उसका उच्च नेतादेखि कार्यकर्ता कार्यकर्तासम्म त्यसमै व्यस्त छन्।

तर नेता वामदेव गौतम दशकौँ लामो राजनीतिक जीवन बिताएको त्यही पार्टी एमाले त्यागेर बसेका छन्।

अध्यक्ष केपी शर्मा ओलीसँगको मतभिन्नताका कारण अन्य नेताहरूले भने नेकपा एकीकृत समाजवादी गठन गरेका छन् र ओलीलाई चुनौती दिएर हिँडिरहेका छन्। तर नेता गौतम भने नयाँ पार्टीमा पनि छैनन्।

यसअघि दुई पार्टी एकीकरण गरेर नेकपा गठन गर्न र विभिन्न कालखण्डमा वामपन्थी दलहरूबीच एकता र सहकार्यको प्रयासमा सक्रियतापूर्वक लागेका गौतम अहिले दलविहीन बनेका छन्।

बीबीसी नेपाली सेवाको साप्ताहिक कार्यक्रम ‘नेपाल सन्दर्भ’ का लागि शरद केसीले उनै नेता वामदेव गौतमसँग कुराकानी छन्। उक्त कुराकानीको विस्तारमा यहाँ प्रस्तुत गरिएको छ।

याे पनि पढ्नुस्

अति कम विकसितबाट माथि उठ्ने नेपालको प्रस्ताव राष्ट्रसंघद्वारा अनुमोदन 

संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अति कम विकसित मुलुकबाट माथि उठाउने प्रस्ताव अनुमोदन गरेको छ।

महासभाको बुधबारको बैठकले नेपालका साथै बाङ्लादेश र लाओसको प्रस्ताव पनि स्वीकार गरेको हो।

नेपालले विकासशील मुलुक हुन पाँच वर्षको समय पाएको छ। महासभामा बोल्दै संयुक्त राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि अमृत राईले राष्ट्रसंघका मापदण्ड पूरा गर्दै नेपाललाई विकासशील बनाउने प्रतिबद्धता जनाएका छन्।

राष्ट्रसंघको मापदण्ड अनुसार, आगामी पाँच वर्षभित्र नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुनेछ।

संयुक्त राष्ट्रसंघले बनाएको विकास सम्बन्धी  नीति अनुसार, नेपाल अहिले अति कम विकसित राष्ट्रको सूचीमा छ। नेपाल जस्तै अन्य ४७ मुलुक पनि यो सूचीमा छन्।

नागरिकको प्रति व्यक्ति आय, आर्थिक जोखिम तथा मानव सम्पत्ति सूचकका तीन मापदण्डमध्ये दुईमा उत्तीर्ण हुने देश विकासशीलको सूचीमा उक्लिन पाउँछन्।

यसमध्ये आर्थिक जोखिम र मानव सम्पत्ति सूचकमा नेपालले स्तरोन्नतिको मापदण्ड पूरा गरेको छ। प्रति व्यक्ति आयमा भने तोकिएको मापदण्ड पूरा भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 2 = 5