एमाले बुढाखाडाहरूको गफ गर्ने चौतारीमा परिणत हुन्छ : महेश बस्नेत

राष्टिय समाचार समाज

काठमाडौं । नेकपा एमालेका प्रभावशाली नेता एवम् दशौं महाधिवेशनका लागि सचिव पदका उम्मेदवार पूर्वमन्त्री महेश बस्नेतले नेकपा एमालेलाई बुढाखाडाहरूको गफ गर्ने चौतारीमा परिणत नगर्न नेतृत्वलाई चेतावनी दिएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै बस्नेतले पार्टीको दशौं महाधिवेशनबाट सचिव पदमा कम्तीमा ५० प्रतिशत नयाँ पुस्तालाई स्थान दिनुपर्ने माग गर्दै सो कुरा बताएका हुन् । नयाँ पुस्तालाई स्थान नदिइए एमाले पुरातन विचार बोक्ने बुढाखाडाहरुको गफ गर्ने चौतारीमा परिणत हुने उनको भनाइ छ ।

सचिव पदको उम्मेदवारीबाट आफू पछि नहट्ने अठोट गर्दै बस्नेतले भने, ‘सचिव पद पदाधिकारीका लागि प्रस्थान विन्दु हो, प्रस्तानविन्दुमा नयाँ अनुहारलाई रोक्यौं भने कुनै पनि सहमति हुनेवाला छैन । यदि त्यस्तो हर्कत गरियो भने हाम्रो पार्टी पुरातन विचार राख्ने बुढाखाडाहरुको गफ गर्ने चौतारीमा परिणत हुन्छ ।’

याे पनि पढ्नुस्

एमालेको महाधिवेशन सुरक्षामा १५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने

चितवनमा भोलिदेखि शुरू हुने नेकपा एमालेको १०औँ महाधिवेशनको सुरक्षामा १ हजार ५०० जना भन्दा बढी सुरक्षाकर्मी खटिने भएका छन् ।

एक एआईजी र दुई डीआईजीको कमाण्डमा महाधिवेशनको सुरक्षाको व्यवस्था मिलाइने भएको हो । जस अनुसार एआईजी सहकुल थापा, डीआईजी प्रकाश जङ्ग कार्की र दिवेश लोहनीको कमाण्डमा महाधिवेशनको सुरक्षा व्यवस्था मिलाइने भएको छ ।

चितवनका प्रहरी प्रमुख ओम अधिकारीका अनुसार उनीहरू आज नै चितवन आउने बताइएको छ । डीआईजी लोहनीले गण्डकी प्रदेश अन्तर्गत गैँडाकोट क्षेत्रको सुरक्षा कमाण्ड सम्हाल्ने जनाइएको छ । महाधिवेशन लक्षित सुरक्षा योजना निर्माण भएको भन्दै अधिकारीले तयारी पूरा भएको फिल्डमा खटिन मात्र बाँकी रहेको जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 3 =