केपी ओली बोलेको कुरामा अडिग छन्, उनी दुई जिब्रे कुरा पनि गर्दैनन्

राष्टिय समाचार समाज

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले नेकपा (एमाले) मा केपी शर्मा ओलीको विकल्प नै नभएको दाबी गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अहिले एमालेमा ओलीको विकल्प नै नभएको दाबी गरे ।

उनले भने,‘आजको दिनमा ओलीको विकल्प ओली नै हो । उहाँलाई टक्कर दिने नेता एमालेमा कोही पनि छैन् । उहाँ आफ्नो बोलीमा अडान लिनुहुन्छ, उहाँ दुई जिब्रे होईन् । कार्यकर्ताले उनलाई धेरै मन पराएका छन् ।’ उनले ओलीले गठबन्धनसँग पनि एक्लै चुनाव लड्छु भनेर हिम्मत देखाएको सुनाए ।

उनले ओलीलाई टक्कर दिन एमालेमा कोही नभएको जिकिर गरे । उनले भीम रावलले माधव नेपाललाई उक्साएर पार्टी विभाजन गर्न लगाएको पनि आरोप लगाए । उनले भीम रावलमात्रै नभएर माधव नेपाल छोडेर आएका कसैलाई पनि ओलीले नपत्याउने टिप्पणी गरे ।

उनले भने,‘यिनीहरुलाई लाज लाग्दैन् ? ओलीपनि हाँसेर बसेका छन् होला ।’ उनले एमालेको राजनीतिक भविष्य धेरै राम्रो रहेको सुनाए । उनले ओलीलाई आफूहरुले बालुवाटारबाट निकालेको सुनाए । त

र, आजपनि नेपालको राजनीतिक केपी ओलीको वरिपरि घुमिरहेको उनको भनाई छ । उनले भने,‘केपी ओलीको बोलीमा ठेगान छ । पार्टी एक ढिक्का राखेका छन् । यो त ठूलो कुरा हो ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

69 + = 72