लावालस्करसहित ओली आज चितवन जाँदै

राष्टिय समाचार समाज

काठमाडौं । भोलिदेखि हुने १०औं महाधिवेशन उद्घााटनका लागि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज चितवन जाँदैछन् ।

अध्यक्ष ओली अहिले विहान ११ बजे चितवन पुगेर आज दिउँसो एमाले निकट नेपाल बुद्धिजीवि परिषदले आयोजना गरेको कार्यक्रममा सहभागिता हुनेछन् ।

ओलीसंगै अन्य नेताहरू पनि आजै चितवन जानलागेका छन् । योगेश भट्टराई र सुरेन्द्र पाण्डे लगायतका नेताभने बुधबारदेखि नै चितवनमा रहेका छन् ।

एमालेको महाधिवेशन भोलिदेखि तीन दिनसम्म चितवनमा आयोजना हुँदैछ । शुक्रबार नारायणगढस्थित नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमपछि सौराहामा बन्दसत्र आयोजना हुनेछ ।

याे पनि पढ्नुस्

केपी ओली बोलेको कुरामा अडिग छन्, उनी दुई जिब्रे कुरा पनि गर्दैनन्

नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले नेकपा (एमाले) मा केपी शर्मा ओलीको विकल्प नै नभएको दाबी गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अहिले एमालेमा ओलीको विकल्प नै नभएको दाबी गरे ।

उनले भने,‘आजको दिनमा ओलीको विकल्प ओली नै हो । उहाँलाई टक्कर दिने नेता एमालेमा कोही पनि छैन् । उहाँ आफ्नो बोलीमा अडान लिनुहुन्छ, उहाँ दुई जिब्रे होईन् । कार्यकर्ताले उनलाई धेरै मन पराएका छन् ।’ उनले ओलीले गठबन्धनसँग पनि एक्लै चुनाव लड्छु भनेर हिम्मत देखाएको सुनाए ।

उनले ओलीलाई टक्कर दिन एमालेमा कोही नभएको जिकिर गरे । उनले भीम रावलले माधव नेपाललाई उक्साएर पार्टी विभाजन गर्न लगाएको पनि आरोप लगाए । उनले भीम रावलमात्रै नभएर माधव नेपाल छोडेर आएका कसैलाई पनि ओलीले नपत्याउने टिप्पणी गरे ।

उनले भने,‘यिनीहरुलाई लाज लाग्दैन् ? ओलीपनि हाँसेर बसेका छन् होला ।’ उनले एमालेको राजनीतिक भविष्य धेरै राम्रो रहेको सुनाए । उनले ओलीलाई आफूहरुले बालुवाटारबाट निकालेको सुनाए । त

र, आजपनि नेपालको राजनीतिक केपी ओलीको वरिपरि घुमिरहेको उनको भनाई छ । उनले भने,‘केपी ओलीको बोलीमा ठेगान छ । पार्टी एक ढिक्का राखेका छन् । यो त ठूलो कुरा हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 2 =