ईश्वर पोखरेललाई महासचिव बन्न नदिन ओली गुटभित्रैबाट घेराबन्दी !

राष्टिय समाचार समाज

काठमाडौँ । नेकपा एमालेमा महाधिवेशनको सरगर्मी जति बढ्दै छ, नयाँनयाँ गुट र ध्रुव जन्मिँदै छन् । आन्तरिक समीकरणमा रातारात उलटपुलट भइरहेका छन् । सुरुमा सर्वसम्मतिबाट नेतृत्व चयन गर्ने नीति र निर्देशन सार्वजनिक गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले

अन्ततः मंगलबार एक पत्रकार सम्मेलन गरी चुनावबाटै नेताहरुको व्यवस्थापन हुने घोषणा गरिदिएपछि बालकोटको आशिर्वादको भर परिरहेका धेरै नेताहरुको हंसले ठाउँ छाडेको छ ।

माधव नेपाल, वामदेव गौतम र झलनाथ खनालजस्ता परम्परागत प्रतिस्पर्धी पाखा लागे पनि अहिले एमालेमा ओली आफै पनि चुनौतीरहित छैनन् । अघिल्लो महाधिवेशनका सर्वाधिक लोकप्रिय नेता भीम रावलले ओलीविरुद्ध उम्मेदवारी घोषणा गरेका छन् ।

रावलको उम्मेदवारीलाई लिएर ओलीले निकै नरम टिप्पणी गरेका छन् । लोकतन्त्रमा कसैलाई उम्मेदवारीबाट वञ्चित गर्न नमिल्ने भएकाले प्रतिस्पर्धा स्वीकार्य भएको ओलीको टिप्पणी छ ।

ओलीकै आशिर्वादबाट एमाले वरिष्ठ उपाध्यक्षको आकांक्षा बोकेका ईश्वर पोखरेल ओली खेमाबाटै बहिष्कृत हुँदै छन् । ओलीले आफ्नो आशिर्वाद चाहने नेताले चुनाव जितेर आउनुपर्ने आशयको अभिव्यक्ति दिएपछि सबैभन्दा ठूलो चोट अहिले पोखरेललाई नै परेको छ ।

सर्वसम्मतिमा नेतृत्व चयन हुँदा ओलीको आशिर्वाद रहने र स्वतः आफू वरिष्ठ उपाध्यक्ष भई भोलि ओलीपछिको नेताका रुपमा आफूलाई उभ्याउने पोखरेलको योजना थियो ।

निकै टर्रो स्वभाव र संगठनमा उति पकड नभएका पोखरेल अब चुनाव लड्नुपर्ने भएपछि तनावमा आएका छन् । पोखरेलका विरुद्धमा ओली खेमाभित्रैबाट सुवास नेम्बाङलाई अघि सारिँदै छ ।

दुई कार्यकाल महासचिव भइसकेका पोखरेल गत नवौँ महाधिवेशनमा सुरेन्द्र पाण्डेसँग जम्मा ७ मतले जितेका थिए । पार्टीभित्र र बाहिर बढ्दो अलोकप्रियताका कारण पदको सुरक्षामा लाग्नुपर्ने अवस्था आएपछि उनले एकपछि अर्को अपमान सहेरै भए पनि ओली खेमा छाडेका थिएनन् ।

ओलीले माओवादीसँग पार्टी एकता गर्दा उनको महासचिव पद खोसुवामा मात्र पारेका थिएनन्, उनीभन्दा कनिष्ठ अर्थात् उपमहासचिव विष्णु पौडेललाई महासचिव बनाएका थिए । पोखरेललाई लामो समयसम्म उपप्रधानमन्त्री पनि नबनाई राखेका बेला पछि अन्य दलका नेतालाई

उपप्रधानमन्त्री बनाएपछि मर्यादाक्रम मिलाउन मात्र उनलाई त्यो पदमा बढुवा गरेका थिए । पछि नेपाली सेनाले पोखरेलको भूमिकामा गम्भीर प्रश्न उठाएपछि ओलीले उनको रक्षामन्त्रीको पद पनि खोसिदिएर बिनाविभागीय भूमिकामा खुम्च्याइदिएका थिए ।

अहिले महाधिवेशनको मुखमा आएर ओली खेमाभित्रैबाट पोखरेलले अर्को कठोर परिस्थितिको सामना गर्दै छन् ।

एमाले संस्थापनमा ईश्वर पोखरेलविरुद्ध घेराबन्दी गर्ने यही समूहले ओलीलाई अध्यक्षमा सुनिश्चित गर्न र उनका लागि सहयोगी टिम बनाउन ठूलै समूह तयार गरेको छ । यसमा संस्थापन पक्षका केही युवा, दसबुँदे पक्षधर केही नेता तथा पूर्वमाओवादी समूह सक्रिय छन् ।

यही समूहले महासचिवमा शंकर पोखरेल, सचिवहरुमा योगेश भट्टराई, प्रदीप ज्ञवाली, गोकर्ण विष्टलाई अघि सार्ने तयारी गरेको छ । यसो हुँदा महासचिवका आकांक्षी विष्णु पौडेललाई धक्का पुग्नेछ । पौडेल ओलीप्रति पूर्ण वफादार नरहेको र जुनसुकै बेला धो’का दिन सक्ने निष्कर्षका साथ यस समूहले ओलीका विश्वासपात्र

शंकर पोखरेललाई अध्यक्षपछिको प्रभावशाली पदमा अघि सार्ने भएको हो । शंकर पोखरेललाई यसरी अघि सारेपछि महासचिवकै अर्का आकांक्षी एवं एमालेभित्रका प्रभावशाली बौद्धिक नेता सुरेन्द्र पाण्डेलाई पनि तोड पर्न सक्नेछ । यद्यपि, राष्ट्रपति विद्या भण्डारीले भने पाण्डेलाई नै महासचिव बढाउन लबिङ गरिरहेको बुझिएको छ ।

यस समूहको तयारीअनुसार समीकरण सम्भव भएमा त्यसमा माओवादी पृष्ठभूमिबाट कम्तीमा तीनजना पदाधिकारीमा समेटिनेछन् । उनीहरुले स्वतन्त्र प्यानल बनाएमा चुनावबाट जित्ने सम्भावना कम भएकाले पनि ओली गुटभित्र पनि संस्थापनको भित्री आशिर्वाद रहेको समूहमा अस्तित्व खोज्नुपरेको छ ।

ईश्वर पोखरेलविरुद्ध घेराबन्दी बढाएको यही समूहले पूर्वमाओवादीबाट रामबहादुर थापालाई उपाध्यक्ष, लेखराज भट्ट वा प्रभु साहमध्ये एकजनालाई सचिवमा सघाउन सकिने गरी गृहकार्य गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

77 − 70 =