कृष्ण महरालाई ‘फसाउने’ रोशनी शाही आएपछि स्वास्थ्यमा भागाभाग

राष्टिय समाचार समाज

काठमाडौं । तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई ‘फसाउने’ रोशनी शाही स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आउन थालेपछि कर्मचारीबीच भागाभाग सुरु भएको छ ।

संसद सचिवलायमा काजमा गएकी अनमी शाही काज फिर्तासँगै स्वास्थ्य मन्त्रालयमा आएर किचकिच गर्न थालेपछि कर्मचारीहरू कार्यकक्ष छाडेर भाग्न थालेका हुन् । उनी आन्तरिक प्रशासन महाशाखामा धर्ना दिएर बस्न थालेकी छिन् ।

नियमित हाजिर गरेर बस्ने भन्दा किचकिच बढी गर्न थालेको भन्दै आन्तरिक प्रशासनका कर्मचारी वाक्क भएर कार्यकक्ष छाड्न बाध्य भएको सुनाउँछन् ।

‘उहाँले काम नै गर्नुपर्दैन, हाजिर गरेर चुपचाप गए हुन्थ्यो तर किचकिच र अनावश्यक बखेडा झिक्न थालेकाले कार्यकक्षमा बसेर काम गर्नै असहज भएको छ ।’, स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले भने ।

 

अहिले पनि काज फिर्ता आएकी अनमी शाही आन्तरिक प्रशासनमा ध’र्ना दिएर बसिरहेकी छिन् । स्वास्थ्यका कर्मचारीहरु काम गर्ने वातावरण नभएको भन्दै तितरबितर भएका छन् ।

तत्कालीन सभामुख महराले शाहीलाई संसद सचिवालयमा स्वास्थ्यबाट काजमा लगेका थिए । ब’ला’त्कारको आ’रोप लागेपछि महराले सभामुख गु’माएका थिए । पछि फेरि शाहीले नै अदालतमा महराको बचाउ गरिन् र उनले मु’द्दा जिते । त्यसैले उनीमाथि महरालाई फ’सा’एको आ’रोप लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

56 − = 47