दशैँ मनाएर फर्किदै गरेका यात्रु बाेकेकाे बस दु’र्घटना ४ जनाको मृत्यु, ६० भन्दा धेरै घाइते (अपडेट)

राष्टिय समाचार समाज

फिदिम । पाँचथरमा भएको बस दुर्घटनामा ४ जनाको ज्यान गएको छ । यद्धपी यो समाचार तयार पार्दा सम्म प्रशासनले भने २ जनाको मात्रै मृत्यु भएको पुष्टि गरेको छ ।

मृत्यु हुनेमा २ महिला र २ जना बच्चा रहेका छन् । फिदिम ४ सरखण्डेमा अहिले विहान अन्दाजी साढे १० बजे बस पल्टिएको थियो । काे १ ख ३८६५ नम्बरको बस यात्रु लिएर शिवा दोभान बाट फिदिम तिर आउदै थियो ।

केहि दिन अगाडीको झरीले शिवाखोलाको पुल बगाएपछि पारि पट्टी सम्म अर्कै गाडिमा यात्रुहरु यासोक तथा आङसराङबाट आएका थिए ।

शिवा खोलाको पुलमा हिडेर तरेपछी फिदिमबाट गएको बसमा यात्रुहरु चढेर आएका थिए । बस चढेको करिव ५ मिनेटको बाटोमा अटो रिक्सालाइ लाइ ओभरटेक गर्ने क्रममा बस माथ्लो बाटोबाट तल्लो बाटोमा खसेको घाइते यात्रुले जानकारी दिए ।

दुर्घटनामा ६० भन्दा धेरै घाइते भएका छन् । मृतक र घाइते को सनाखत हुन सकेको छैन् । जिल्लाका ३ वटै अस्पताल विरामीले भरिएका छन् भने गम्भिर घाइतेलाइ थप उपचारको लागि बाहिर रेफर गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 27 = 28