संसद् छो’डेर जान के प्रचण्डले हामीलाई सांसद् पद बक्सिस दिएका हुन् र ? – प्रदिप ज्ञवाली

राष्टिय समाचार समाज

चितवन । स‌ंघीय संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले संसद छा’डेर जान एमालेलाई प्रचण्डले बक्सिस नदिएको बताएका छन् । केही दिन अघि गृहजिल्ला आएका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगातार रूपमा संसद अवरुद्ध गर्दै आएको एमालेलाई संसद छा’डेर जान आग्रह गरेका थिए ।

दशैँको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन मंगलबार चितवन आएका ज्ञवालीले संसद छा’डेर जान एमाले सांसदलाई प्रचण्डले बक्सिस नदिएको बताए । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै ज्ञवालीले भने–‘एमालेलाई संसदमा पुर्‍याउने काम जनताले गरेका हुन् । जनताको इच्छा बेगर कसैले पनि ह’टाउने वा दायाँबायाँ गर्ने कुरै भएन ।’

एमालेलाई संसद छा’डेर जान भन्नु प्रचण्डको प’राजित मानसिकताको उपज मात्रै भएको उनले बताए । ३२ साउनसम्म एमालेले संसद अवरुद्ध नगरेको बताउँदै उनले सभामुखले पदीय दायित्व पूरा नगरेपछि मात्रै संसद अवरुद्ध हुन थालेको बताए । ‘सदन खोल्ने हो भने सभामुखले आफ्नो ग’ल्तिलाई सार्वजनिक रूपमा स्वीकार गर्नुपर्छ’, उनले भने ।

वर्तमान गठबन्धनको सरकार देशका लागि बोझ बनेको बताएका छन् । सरकार प्रारम्भदेखि नै गल’त बाटोमा हिँडिरहेको उनले बताए । ‘सरकार गल’त बाटोमा हिँडिरहेको छ । त्यसो हुनाले जति दिनसम्म रहन्छ, त्यति दिनसम्म देशका लागि बोझ हुने स्थिति हामी देख्छौँ’, उनले भने ।

देउवा सरकार संविधानको अपव्याख्या अनुसार बनेको भन्दै उनले जनादेशबाट नभएर परमादेशबाट बनेको सरकार गल’त बाटोमा हिँडेको उनले आरो’प लगाए । ‘सरकारले प्रारम्भदेखि नै संविधानका आधारभुत संरचना भत्का’उने, राष्ट्रिय हितलाई आँच पुर्‍याउने र जनताको वि’रोधमा काम गरेको देखिएको छ’, उनले भने ।

सरकारले भूमि सम्बन्धि स’मस्या समाधामन आयोग विघटन गरेर सुकुम्बासीका सपनालाई नै विघटन गरेको उनले बताए । ‘अर्थमन्त्रीले कालो धनलाई सेतो बनाउने गरी पैसाको स्रोत नखोजिने भन्नुभयो । जसले गर्दा नेपाल कालो सूचीमा पर्ने खतरा छ’, उनले भने, ‘पार्टी विशेषलाई विभाजन गर्न लोकतन्त्रका विधिका शासनको आधारभुत कुरालाई पनि सरकारले भत्काउने काम गर्‍यो ।’

रुपन्देहीमा सुकुमबासीमाथि गो’ली चला’इएको प्रसंगमा बोल्दै उनले स’मस्याको समाधान गो’ली नहुने बताए । सुकुमबासीका नाममा हुकुमबासीले जग्गा क’ब्जा गर्न नपाइने तर सरकारले जनतामाथि गो’ली चलाएर गल’त बाटोमा हिँडेको उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

70 − = 65