माधव नेपाललाई पर्‍यो ठूलाे आपत – यी प्रभावशाली नेता एमालेमा जाने

राष्टिय समाचार समाज

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष मेटमणी चौधरीले कठोर कदम चाल्न लागेको खबर छ ।

उनले नेकपा एस पार्टी छोड्न सक्ने चर्चित राजनीतिक विश्लेषकहरु बताउन थालेका हुन् । नेकपा एमाले अध्यक्ष केपी ओली विरुद्ध चर्को बोलेर चर्चामा आएका उनले अहिले नेकपा एसका अध्यक्ष माधव नेपाल विरुद्ध बोल्दै हिँडेका हु्न् ।

तीन महिना सम्म पनि मन्त्रीको सपना दखेर दंग परेका चौधरी अन्तिममा मनको लड्डु घिउ सँग खाए जस्तो मात्रै भए पछि नमज्जा सँग जिल खाएका छन् । अहिले चौधरी आफुसँग पैसा नभएका कारण मन्त्री बन्न पाइन भन्दै रुवाबासी गरेर हिड्न थालेका छन् ।

हिजो ओली विरुद्ध चर्को रुपमा बोल्ने चौधरी आज केहि नरम बन्दै गएका छन् र आफु सँग पैसै नभएका कारण मन्त्री बन्न नपाएको भन्दै हिँडेका छन् । उनीमा मन्त्री बन्ने कति ठूलो आकांक्षा रहेछ भन्ने कुरा उनका पछिल्ला अभिव्यक्तीहरुले पुष्टि गरको छ ।

पदकै लागी एमाले फुटाएर माधव नेपालले नेकपा एस बनाएको आरोप लगीरहँदा मेटमणीका पछिल्ला अभिव्यक्तीले त्यो कुरालाई पुष्टि गरेको छ । अन्तिममा आएर मन्त्री बन्न बाट रोकिएका चौधरी भित्र भित्रै माधव नेपाल सँग फायर भएको बताइन्छ ।

एमाले फुटेको छ अब एस पार्टीमै रहँदा चुनाव पनि जित्न नसकिने र एसमै बस्दा पनि गाँठवालाहरुको मात्रै रगजगी चल्ने भएपछि अब के गर्ने भनेर निकटस्थहरु सँग छलफल थालेका छन् ।

मनमा लागेको कुरा जो सुकै रिसाओस या खुसाओस् प्रष्ट भन्ने बाँनी चौधरीमा रहेको छ। माधव नेपालको पछि लाग्दा लाभ पनि नमिल्ने र आगामी चुनाव पछि एस पार्टीको नाम निसाना बाँकी नरहने हुनाले मन्त्री बन्ने सपना सधैका लागी समाप्त हुने हिसाब किताब निकालेर कुनै महत्वपुर्ण स्टेप चाल्न परे पनि तयार हुने मुडमा चौधी रहेको बताइन्छ ।

माधव नेपाल सँग औधी रिसाएका मेटमणी चौधरी के एमालेमै फर्कन्छन् त भन्ने चर्चा पनि राजनितिक वृतमा चल्न थालेको छ । राजनिती विश्लेषक डा सुरेन्द्र कसी पनि चौधरी एमालेमै फर्कन सक्ने सम्भावनालाई नकार्न सक्दैनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 6 = 1