दशैं मनाउन घर हिँडेका यात्रु बाेकेकाे बस दु’र्घटना, २८ जनाकाे मृ’त्यु ! (अपडेट)

राष्टिय समाचार

सुर्खेत । मुगुमा बस दु’र्घटना मृ’त्यु हुनेको संख्या २८ पुगेको छ ।

२४ जनाको घटनास्थलमै र ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रममा मृ’त्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।

सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दु’र्घटनामा परेको थियो ।

घाइते भएका १४ जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

३९ जना यात्रु रहेको बस दिउँसो २ बजेतिर दु’र्घटनामा परेको हो ।

उद्दारको काम भइरहेको र शव पनि संकलन भइरहेको प्र’हरीले जनाएको छ ।

नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दा उद्वारमा खटिएका छन् ।

श’व जिल्ला अस्पताल मुगुमा लगिएको छ । उनीहरुको सनाखत गरेपछि पोस्टमार्टम गरिने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 4 =