महिनावारी रोक्ने औषधि खानु कत्तिको हानिकारक ?

Health Tips राष्टिय समाज

काठमाडौँ । पुजा आजा तथा टाढा यात्रा गर्नु लगाएतका कारण महिलाहरुले महिनावारी रोक्ने औषधि प्रयोग गर्ने गर्दछ ।

यस्तै कारणले गर्दा महिलाहरुले चिकित्सकको परामर्श बिना नै महिनावारी रोक्ने औषधि प्रयोग गर्ने गरेको पाईनछ ।

तर, यो औषधि महिला स्वास्थ्यका लागि लाभदायी हुदैन भन्नेखवर पनि आईरहेका छन् ।

महिनावारी रोक्ने औषधी महिलाहरुको लागी हानिकारक हुने थाहा पाएर पनि प्रयोग गर्नेको सँख्या बढेको पाइन्छ ।

डाक्टरको सल्लह बिना महिनावरी सार्ने औषधि प्रयोग गर्दा बिभिन्न समस्याहरु आई पर्न सक्ने महिला प्रसुती तथा बिशेषज्ञ डा सुनीलमणी पोख्रेल बताउनु हुन्छ ।

महिनावारी रोक्ने औषधीको प्रयोगले महिलाहरुमा बढि रगत बग्ने समयमा महिनावारी नहुने पेट दुख्ने लगाएतका समस्याहरु आईपर्न सक्ने प्रशुति रोग बिशेषज्ञ डाक्टरहरुको भनाई छ ।

महिनावारी रोक्ने औषधीको प्रयोगले कहिले काहि महिनावारी गडवड भई बढि रगत बढ्न सक्ने प्रशुति बिशेषज्ञ डाक्टर केशवराज भुर्तेलको भनाई छ ।

यस्ता खालका औषधीको प्रयोग गरेका महिलाहरु बिभिन्न समस्या लिएर आफुकाहा आईरहेने फेरी प्रसुती तथा बिशेषज्ञ डा पोख्रेल बताउनु हुन्छ ।

यो औषधि हर्मोनको चक्की हो र महिला महिनावारी हुुनु भनेको पनि हर्मोनको परिवर्तन नै हो ।

साधरण तथा यस्ताखालको हर्मोन बढाउने औषधी जुनसुकै औषधी पसलमा पनि बिक्रि बितरण गरेको पाईन्छ ।

हानिकारक हुने थाहा पाएर पनि महिलाहरुले यस्ता औषधी प्रयोग गरेको पाईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 1 =