मन्त्री बन्ने आशामा दिनरात ओलीको सत्तोस’राप र माधवको भजन गाउदैं हिडेका मेटमणीलाई धो’का !

राष्टिय समाचार समाज

काठमाडौँ । मन्त्री पद पाउने आशमा रातदिन माधव नेपालको प्रशंसा गर्दै आएका मेटमणि चौधरीमाथि ठूलो ब’ज्रपात भएको छ ।

नेकपा एमाले विभाजन गर्न र त्यस पछि पनि एमाले अध्यक्ष केपी ओली वि’रुद्ध हात धोएर लागेका र एस पार्टीका अध्यक्ष माधव नेपाललाई दरो साथ दिएका मेटमणी चौधरीको मुखैमा आएको मन्त्री पद खोसिएको हो ।

हिजो सम्म नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले चौधरीलाई संस्कृती ,पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनाउँने बचन दिएका थिए, चौधरीले पनि आफु मन्त्री बन्न लागेको खुलमखुल्ला बताएका थिए तर लास्टमा हिस्स बन्नु परको छ ।

नेकपा एसले मन्त्रीको लागी फाइनल गरेको लिष्टमा मेटमणी चौधरीको नाम छैन । उनलाई सँस्कृतीमन्त्री बनाउँन खोजिए पछि चर्चको प्रचारकलाई सँस्कृती मन्त्री बनाउँन लागीएको भन्दै चर्को विरोध भएको थियो । अन्तिममा माधव नेपाल आफ्नो निर्णय बाट व्याक भएका छन् ।

नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ ।बिहीबार राति नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, महासचिव बेदुराम भुसालसहितका नेताहरु सहभागी बैठकले मन्त्रीको नाम टुंगो लगाएको हो ।

नेकपा एसले चार मन्त्री र एक राज्यमन्त्री पाएको छ ,जसअनुसार एकीकृत समाजवादीको नेतृत्व गरेर विरोध खतिवडा शहरी विकास मन्त्रीका रुपमा सरकारमा सहभागी हुने छन्।

त्यस्तै, पार्टी सचिव रामकुमारी झाँक्रीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने निर्णय गरिएको छ। विभिन्न मन्त्रालयमा चर्चा हुँदै आए पनि अन्ततः झाँक्री स्वास्थ्य मन्त्री बन्ने तय भएको हो।

प्रेम आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन्। एकीकृत समाजवादीले किसान श्रेष्ठलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाउने भएको छ।

बिहीबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच एकीकृत समाजवादीले चार मन्त्रालय पाउने सहमति भएको थियो। समाजवादीले राज्यमन्त्रीका रुपमा भवानी खापुङलाई सरकारमा पठाउने भएको छ। तर, उनको जिम्मेवारी खुलाइएको छैन।

मलाई चाँही भूमीसुधार मन्त्री बन्न मन छ तर संँस्कृती पर्यटन मन्त्री भए पनि चलाउँन सक्छु भन्दै हिँडेका सांसद मेटमणी चौधरीलाई मन्त्री बन्नै नदिएर माधव कुमार नेपाललले अन्तिमा हिस्स बनाइदिएका छन् । जो बढि करायो अन्तिममा उनै हरायोको अवस्था आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 2 = 1